‘पहिलेको तीजमा मादल र बाँसुरी, अहिलेको तीजमा डीजे र सेल्फी’

२०७६ भाद्र १६, सोमबार २१:०७ गते २०७६ भाद्र १६, सोमबार २१:०७ गते २०७६ भाद्र १६, सोमबार २१:०७ गते

दाङ-पुरानो भाकामा गितमा नाच्ने चलन थियो। तर, अहिले डिजे आयो। भाका लोप भयो अनि संस्कृति पनि। शान्ता शर्मालाई अहिले पनि विगतको तिजको सम्झना आउँछ।`अहिले त त्यस्तो छैन।नयाँ बाजा आए मोवाइल र टिभीले संस्कृति लोप गरायो´ उनले भनिन-`मादल, बाँसुरीको ताल कता गयो गयो।´ अहिले मोर्डन तिज भएको छ। चर्को घाम। तर, कुनै प्रवाह छैन। सार्वजनिक बगैचामा खुट्टा राख्ने ठाउँ सम्म छैन । मध्यान्‍नको समय पछी खचाखच भरियो। दाङ लमहीको सार्वजनिक बगैंचा।

तीजको उत्सव मनाउन गाउँ-गाउँबाट महिलाहरु जम्मा भए।विगतका बर्षमा गरगहनामा सजिएका महिला धेरै देखिन्थे। तर, यसपालिको तिजमा गरगहना कमै देखिएको स्थानीय शशी नेपालीले बताए । जेष्ठ नागरिक महिला देखि बालबालिकाहरु तिजमा नयाँ कपडामा सजिएका थिए। अनि तिजमा नाच गान गरेर रमाइलो गरे।हरितालिका तिजको अवसरमा दाङ सहित प्रदेश ५ का १२ जिल्लामा उत्साहका साथ मनाइएको हो। सार्वजनिक ठाउँमा नाँच गान गरेर महिलाहरुले तिज मनाए।घमाइलो तीज सेल्फी लिनमा व्यस्त देखियो। देश सञ्चारकर्मी दशरथ घिमिरेले तिजलाइ आफ्नो क्यामरामा कैद गरेका छन्।देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *