मलाई निको हुँदैछ, २० गते आउँछु नेपाल : प्रधानमन्त्री ओली (हेर्नुहोस भिडियोमा)

२०७६ भाद्र १६, सोमबार २१:२१ गते २०७६ भाद्र १६, सोमबार २१:२१ गते २०७६ भाद्र १६, सोमबार २१:२१ गते

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य उपचार यसै साता पुरा गरी शुक्रबार स्वदेश फर्केनुहुने भएको छ । आज सोमबार छैटौ चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट मृगौलामा देखिएको एन्डीबडी निराकरणको उपचार सकिएको छ ।आगामी बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि भाद्र २० गते शुक्रबार स्वदेश फर्किने तयारी भएको हो । उपचारपछि ओली पुर्ववत अवस्थामा फर्किएर काम गर्न सक्ने अपेक्षा गरिएको छ ।गत भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेको प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे चौतर्फी चासो बढिरहेको छ । औपचारिक रुपमा उपचार प्रक्रिया र स्वास्थ्य अवस्थाबारे जानकारी नहुँदा चासो बढ्नु स्वभाविक नै हो ।यसैबीच प्रधानमन्त्री ओलीले आइतबार साँझ नेकपाका नेता सुवास नेम्वाङलाई टेलिफोन गरी आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको सन्देश दिएका छन् ।

प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । उपचारपछि पुर्ववत अवस्थामा फर्किएर सक्रिय रुपमा काम गर्न सक्नुहोला र भन्ने चिन्ता धेरैमा छ । तर प्रधानमन्त्रीसँग कुरा गरेका नेता नेम्वाङले त्यस्तो आशंका गर्नुपर्ने वा खतरापूर्ण अवस्था केही पनि नरहेको भन्दै आश्वस्त पारेका छन् ।प्रधानमन्त्री ओलीले संसदीय कामकारवाही र विधेयकहरुको विषयमा समेत जानकारी लिएका थिए । प्रधानमन्त्रीको स्वस्थ्य अवस्था र उहाँले के के कुरामा जिज्ञासा राख्नुभयो भन्ने हाम्रो प्रश्नमा उपनेता नेम्वाङले प्रधानमन्त्री ओलीले आफूसँग संसदीय कामकारवाही, संसदमा विचाराधिन विभिन्न विधेयकहरु, यसअघि सर्वदलीय बैठकमा भएको सहमती अनुसार सत्य निरुपण तथा मेलिमिलाप विधेयक र पदाधिकारी नियुक्ती लगायतका विषयमा चासो राखेका थिए ।नेम्वाङले ती विषयमा भइरहेका प्रगतीबारे जानकारी गराइएको बताए । उपनेता नेम्वाङलाई प्रधानमन्त्री ओलीले आफुं एकदम ठीक रहेको र यसअघिको निर्धारित कार्यतालीका अनुसार नै २० गते फर्किन्छु भन्ने जानकारीसमेत गराएका छन् ।प्रधानमन्त्री ओली यसअघि गत साउन दोस्रो साता १० दिन सिंगापुरमा उपचार गरेर फर्किएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *