फेसबुकको यस्तो कमेन्ट जसले पुर्‍यायो न्यायाधीशलाई डोल्पा

२०७६ भाद्र १७, मंगलवार १४:१८ गते २०७६ भाद्र १७, मंगलवार १४:१८ गते २०७६ भाद्र १७, मंगलवार १४:१८ गते

काठमाडौं– भदौ १५ गते उच्च अदालतका पूर्व मुख्य न्यायाधीश केशरीराज पण्डितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे। हाल मेलमिलाप परिषद्‌को अध्यक्ष रहेका पण्डितले वर्तमान न्यायालयको अवस्था दर्शाउने गरी लेखेका थिए- ‘चौर्यतन्त्र भित्रको न्यायपालिका वा न्यायालयभित्रको चौर्यतन्त्र वा दुवै? खै के खै के!’भदौ १३ गते शुक्रबार एक दैनिक पत्रिकामा छापिएको एक लेखलाई आधार मानेर पण्डितले गरेको उक्त टिप्पणीले अन्तत: एक जिल्ला न्यायाधीशलाई डोल्पा पुर्‍याएको पाइएको छ।पूर्व मुख्य न्यायाधीशले लेखेको उक्त टिप्पणीपछि न्यायालय क्षेत्रका धेरै व्यक्तिहरुको प्रतिक्रिया आयो। सर्वोच्च, उच्च र जिल्ला अदालतमा कार्यरत न्यायाधीश, पूर्वन्यायाधीश र अन्य कानुनका सरोकारवालाहरुले कमेन्ट गरे।त्यही स्टाटसमा जिल्ला न्यायाधीश नारीश्वर भण्डारीले पनि टिप्पणी गरेका थिए। उनीभन्दा माथि सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको टिप्पणी थियो।भण्डारीले लेखेका थिए- ‘मोरङमा पनि यो शब्दले चर्चा पायो। निष्कर्ष भने चोरयन्त्र पो निस्कियो त। अझै पनि खै के खै के।’

सर्वोच्चका न्यायाधीश खतिवडाले त्यसैमा लेखे- ‘कमै प्रचलनमा आउने शब्द ‘चौर्यतन्त्र’को अर्थ कनिकुथी गरेर अलिअलि बुझियो। अन्तर्यमा लाग्ने अर्थ गहिरो रहेछ जस्तो लाग्यो। अरु अहिले खै के भनौं!!’डेढ महिना नपुग्दै डोल्पा
साउन २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपरिषद्‌को अनुमतिमा उच्चका ७८ र जिल्लाका १ सय ५६ गरी २ सय ३४ न्यायाधीशहरुको सरुवा गरेका थिए।दुई वर्ष पुगेका र अन्य गरी २ सय ३४ न्यायाधीशको एकैपल्ट सरुवा भएको थियो। सोही समयमा रुपन्देही जिल्ला अदालतबाट सरुवा भई मोरङ जिल्ला अदालत पुगेका न्यायाधीश नारीश्वर भण्डारी यही फेसबुकको कमेन्टका कारण सोमबार डोल्पा जिल्ला अदालतमा काज सरुवा भएका छन्।जिल्ला अदालत गएको डेढ महिना नपुग्दै उनी कम मुद्दा भएको डोल्पा जिल्ला अदालत सरुवा भएका हुन्। प्रधानन्यायाधीश र न्यायालयलाई लक्षित गर्ने गरी ‘चोरयन्त्र’ लेखेको पाइएपछि कारबाही स्वरुप उनलाई सरुवा गरिएको हो। हरेक दुई वर्षमा सरुवा हुने भए पनि अवधि नै नपुगी उनलाई डोल्पा पुर्‍याइएको हो।आर्थिक वर्ष २०७४ मा धेरै फैसला गरेको र न्याय सम्पादनमा अब्बल रहेको भन्दै न्यायपरिषद्‌ले भण्डारीलाई सम्मानसमेत गरेको थियो। प्रत्येक वर्ष उत्कृष्ट र धेरै फैसला गरेको भन्दै भण्डारीको प्रशंसासमेत हुने गरेको छ।

तर, उनी फेसबुकको कमेन्टकै आधारमा डोल्पा पुगेका हुन्। विकट हिमाली र पहाडी जिल्लामा अवधि नभई सरुवा हुनुलाई न्यायिक क्षेत्रका कारबाहीको रुपमा बुझ्ने गरिन्छ।जिल्ला न्यायाधीश भण्डारीलाई डोल्पा लगेपछि त्यहाँ रहेका न्यायाधीश बाबुकाजी बानियाँलाई कैलाली काज सरुवा गरिएको छ। को हुन् पण्डित?केशरीराज पण्डित उच्च अदालत पाटनको मुख्य न्यायाधीशबाट अवकाशप्राप्त व्यक्ति हुन्। केही समयअघि मात्र उलने राष्ट्रिय न्यायिक प्रतिष्ठानको निर्देशकबाट अवकाश लिइसकेका छन्।हाल प्रतिष्ठानमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर रहेका छन्। पण्डित भने हाल मेलमिलाप परिषद्‍को अध्यक्षको हैसियतमा छन्। तर, उनले सामाजिक सञ्जालमा प्रतिष्ठानकै कार्यकारी निर्देशक भनेर उल्लेख गरेका छन्। यसरी बहाल नरहेको पद उल्लेख गर्नु कानुनसम्मत राम्रो मानिँदैन।उक्त स्टाटसमा न्यायाधीश खतिवडाको जवाफमा पण्डितले ‘क्लेप्टोक्रेसी’को पनि जवाफ दिएका छन्। क्लेप्टोक्रेसी भन्नाले भ्रष्ट नेतृत्व भन्ने अर्थ लाग्छ।सर्वोच्च अदालतको नेतृत्वमा अझै पनि भ्रष्टहरु नै भएको अर्थमा लेखेको भन्दै प्रधानन्यायाधीशले भण्डारीलाई सरुवा गरेको हुन सक्ने न्यायपालिकामा चर्चा छ। प्रधानन्यायाधीश सचिवालयले भने उनको सरुवा नियमित भएको दाबी गर्दै आएको छ।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *