मिनिरल वाटरको बोतलभित्र भेटियो किरा

२०७६ भाद्र १७, मंगलवार १६:४७ गते २०७६ भाद्र १७, मंगलवार १६:४७ गते २०७६ भाद्र १७, मंगलवार १६:४७ गते

झापाबाट उत्पादित केही उद्योगको पिउने पानीमा पिएचको मात्र कम भएको घटना सेलाउन नपाउँदै तृष्णा नामक पिउने पानीको मिनिरल वाटरभित्र किरा भेटिएको छ ।झापाको बिर्तामोड नगरपालिका ६स्थत एचएमएन फुड एन्ड डेभरेज कम्पनीद्वारा उत्पादित तृष्णा प्रशोधन पिउने मिनिरल वाटरको सिलबन्दी बोतल भित्रै किरा भेटिएको हो । उपभोक्ताले पानी पिउन भन्दै बिर्तामोडको पश्चिम बस स्टेण्ड नजिकैको एक पसलबाट मिनिरल वाटर किनेको र बोतलभित्र सेतो रङ्गको किरा भेटिएको बताइएको छ ।

उक्त किरा भेटिएको बोतल पत्रकारले प्रमाणका लागि सुरक्षित राखेको छ । पानी खरिद गर्ने उपभोक्ता बिर्तामोड ९ बस्ने डिल्लीराम दाहालले पानी पिउन मिनिरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतलभित्र हेर्दा सेतो रङ्गको किरा देखेको बताए ।उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको बताउँदा तृष्णा नामको पानी कम्पनीलाई कारबाही गरिनु पर्ने उनको माग रहेको छ । यता किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगस्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । आजको मिति नोभेम्बर २ तारिख हो ।केही दिनअघि राष्ट्रिय उपभोक्ता मञ्च झापा र सम्वाद समूह झापाको सचिवालयको सहकार्यमा आयोजित खाद्य प्रविधि तथा गुणस्तर विभागले झापा जिल्लाबाट उत्पादित पानीको पिएच परीक्षण गरेका थिए ।सो परीक्षणमा तृष्णा प्रशोधित पानीमा ६ प्रतिशत पिएचको मात्र भेटियो । सो पानी पिएचको बोर्डर लाइनमा रहेको थियो । पानीको न्यूनतम पिएच ६ देखि ७।५ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ।आजको अर्थ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *