बलिउड देखी कलिउड सम्मको चलचित्र निर्माण यात्रा अमित बस्नेतको

२०७६ भाद्र १७, मंगलवार २२:३५ गते २०७६ भाद्र १७, मंगलवार २२:३५ गते २०७६ भाद्र १७, मंगलवार २२:३५ गते

काठमाडौं । बलिवुड देखि नेपाल चलचित्र क्षेत्र सम्मको यात्र निर्माता अमित बस्नेतको

यी हुन् ३४ बर्षिय अमीत बस्नेत सर्लाही जिल्लामा जन्मीएका यनि विगत दश बर्ष देखि युकेमा बस्दै आएका छन् । युकेमा बिजिनेस संगै उनले एरोज कम्पनी सङ्गको सहकार्यमा विभिन्न चलचित्रहरुमा लगानी गर्दै आएका छन् । उनले बलिवुडमा समेत लगानी गरिसकेका छन् । अक्षय कुमारको हिट चलचित्र हाउसफुलको सबै सिजिजमा लगानी गरेका छन् । अक्षय कुमार अभिनित हाउसफुल चलचित्रको सिकिवेल ‘हाउसफुल फोर’मा समेत उनको लगानी रहेको छ ।
अब उनको यो चलचित्र क्षेत्रको यात्रा बलिवुडमा मात्र सिमित रहेन ।उनले नेपाली चलचित्र क्षेत्रमा पनि अहिलेसम्म कसैले नआटेको बजेटमा दुईबटा चलचित्र निर्माण गरेका छन् । चलचित्र ‘पासवर्ड’ र ‘समालिन्छ कहिले मन’ ।

यहीँ महिनाको अन्तिममा भदौ २७ गते बाट रिलिज हुने चलचित्र ‘पासवर्ड’ नेपाली सिने जगतको अहिलेसम्म कै महँगो चलचित्र हो । सम्राट बस्नेतको निर्देशन एवम् एबी इन्टरनेशनलको ब्यानरमा यो चलचित्रको निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् ।

सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पाँच करोड भन्दा बढीको लगानी रहेको छ ।

अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक विशेष आइटम गीतमा नृत्य संगै अभिनय पनि गरेकी छिन् ।

एक्सन थृलर एवम् लव स्टोरी कथा रहेको उक्त चलचित्र नेपाली सिने जगत कै महङ्गो बजेटको चलचित्र बन्न सफल भएको छ ।
केही समय पहिले चलचित्रको गित सार्वजनिक गरिएको थियो गितमा लाई दर्शकको राम्रो साथ पाएको देखिन्छ ।छोटो समयमा नै पचास लाख जति ले हेरिसकेका छन् ।

गत साता चलचित्रको टेलर पनि रिलिज भैसकेको छ चलचित्रको टेलर पनि अन्य चलचित्र भन्दा भिन्न छ । टेलर हेरेर दर्शकहरु चलचित्र प्रती उतसाहित देखिन्छन् ।
चलचित्रको प्रिमियर भव्य रुपमा हुने भएको छ । प्रिमियरमा बलिउड अभिनेत्रि सन्नी लियोनी पनि नेपाल आउन लागेकि छिन् । प्रिमियर कार्यक्रम भदौ २६ गते सोल्टी होटेलमा गरिने सह – निर्माता अजित के थापाले जानकारी दिएका छन् ।

यो चलचित्र नेपाल संगै नेपाल बाहिर पनि एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *