काठमाडौं । सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ। व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिएका छन। विभागसँग भएका छलफलहरुमा उनीहरुले व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन्।
२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ। सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ। तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन्।
स्रोत: दैनिक अन्लाईन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0