श्रीमतीबाट धोका पाएपछि दुई बच्चाका बुवाले गरे पुरुषसँग विवाह

२०७६ भाद्र १८, बुधबार २१:१३ गते २०७६ भाद्र १८, बुधबार २१:१३ गते २०७६ भाद्र १८, बुधबार २१:१३ गते

माया दुई अक्षरले बनेको शब्द हो । मायाको कुनै जात र धर्म हुँदैन । माया गर्नलाई न त उमेर र लिङ्गले नै छेक्छ। त्यस्तै माया गर्नलाई जात, धर्म, लिङ्गले नछेको एक जोडी हो नवलपरासी, कावासोतीका राम गरुङ र सुरेन्द्र पाण्डे । उनीहरु दुवै जना पुरुष हुन्। तर पनि उनीहरु बीच गहिरो प्रेम छ। अहिले उनीहरु श्रीमान् श्रीमतीको रुपमा भाइरल हुँदैछन्। उनीहरुका अनुसार राम र सुरेन्द्र लिभिङ्ग टुगेदरमा छन।१६ वर्षको कलिलै उमेरमा परिवारको करकापमा महिला सँगै विवाह बन्धनमा बाधिएका राम गुरुङ दुई सन्तानका बुवा समेत हुन् । महिला सँगै विवाह गरे पनि बुझ्ने भएदेखि नै आफ्नो फिलिंस महिलाको जस्तो भएको उनि बताउँछन्।विवाह गरेको ४ साल पछि वैदेशिक रोजगारीको लागि बिदेशिएका राम गुरुङको श्रीमतीले आफ्नो घरपरिवार र आफु प्रति राम्रो व्यवहार नदेखाएको कारण आफुहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न नसकेको समेत उनले बताए। वैदेशिक रोजगारीबाट नेपाल फर्के पछिको समय काठमाडौँमा नृत्या गरेर जीविकोपार्जन गर्दै आइरहेका उनको कवासोतिकै सुरेन्द्रसँग भेट भयो।सानैमा बुवा आमा गुमाउन पुगेका सुरेन्द्र नवलपारासीकै एक होटलमा काम गरेर जसोतसो आफ्नो दैनिकी गुजार्दै थिए। आफ्नी केटि साथी अर्थात गर्लफ्रेन्डबाट धोका पाएका सुरेन्द्र र श्रीमतीबाट धोका पाएका रामको भेटघाट हुने क्रम बढ्दै गयो। यसै क्रममा उनीहरु बीच प्रेम बस्यो। र अहिले विवाह गर्ने सम्मको निर्णयमा पुगे । उनीहरुको अनुसार अब छिट्टै कानुनी मान्यता अनुसार विवाह बन्धनमा बाँधिदै छन।राम र सुरेन्द्रसँग गरिएको बाँकी कुराकानी हेर्नुहोस् भिडियोमा :pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *