छोरीज्वाई भेट्न अमेरिका पुगेका बुबाआमा छोरी सहित् दुर्घटनामा परी निधन

२०७६ भाद्र १९, बिहीबार १८:४१ गते २०७६ भाद्र १९, बिहीबार १८:४१ गते २०७६ भाद्र १९, बिहीबार १८:४१ गते

काठमाडौं : अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ । मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको दुर्घटनामा परि मृत्यु हुनेमा एकै परिवारका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था चिन्ताजनक रहेको छ। श्रद्धाका श्रीमानले सवारी चलाएका थिए। प्रहरीका अनुसार, घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठक्कर दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। मृतक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए। मृतक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन् । pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *