काठमाडौँ, १९ भदौ: काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो । नगरपालिकाकाे वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्दै आएको छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला लाग्ने भएको छ । कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले जानकारी दिए। ‘कागेश्वरी प्रसिद्ध धार्मिक स्थल हो, त्यही भएर नगरपालिकाको नाम नै आधारित मानेर राखिएको छ’उहाँले भन्नुभयो,‘नगरपालिकाले त्यो ठाउँलाई धार्मिकको साथै पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएको छ ।
’ किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।pnpkhabar
यो पनि : आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्।
यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ ।
Views: 0