घट्न थाल्यो सुनको मूल्य

२०७६ भाद्र २२, आईतवार ११:४२ गते २०७६ भाद्र २२, आईतवार ११:४२ गते २०७६ भाद्र २२, आईतवार ११:४२ गते

नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । शुक्रबार पनि घटेको सुनको मूल्य आज घटेको छ। शुक्रबार ७२ हजारमा कारोबार भएको प्रतितोला सुन आइतबार पाँच सय रुपैयाँ घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि प्रतितोला सुनको मूल्य ७१ हजार ५ सय कायम गरिएको छ ।यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सय निर्धारण गरिएको छ ।

अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो । उच्च मूल्यमा एक सय रुपैयाँ घटेर बिहिबार ७३ हजार ४ सयमा सुनको कारोबार भयो । शुक्रबार भने १४ सयले घट्दै ७२ हजार पुग्यो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्न थालेपछि नेपाली बजारमा पनि घट्न थालेको हो ।अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५०६ अमेरिकी डलरको आसपास छ । यस्तै , चाँदीको मूल्य पनि घटेको छ । आइतबारका लागि प्रतितोला चाँदीको मूल्य ८ सय ८५ कायम भएको छ । शुक्रबार सोहि चाँदीको मूल्य ९ सय थियो ।

यो पनि यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

  • बहाना बनाउनु:यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
  • समस्यासँग भाग्नु:कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
  • केही गर्न अघि नसर्नु:धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *