मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)-भौतिक साधन जुटनाले प्रसन्नता मिल्नेछ। साझेदारीमा फाइदा होला। शैक्षिक क्षेत्रमा भने निकै सफलता मिल्नेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)-स्रोतहरु पन्छाउदै नबनेका काम पनि विशेष रुपमा अघि बढालान। वैदेशिक क्षेत्रबाट भने नोक्सान हुनसक्छ। सावधान रहनुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)-आजको दिन शुभ छ। गीत संगीतमा सहभागी हुने अवसर जुटला। पूर्व प्रेमिकासँग सम्बन्ध सुमधुर हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)-आर्य आर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि निकै फाइदा होला। चन्द्रमा अति कमजोर हुँदा चिसोबाट भने सावधान रहनुहोला।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–लगनशीलताले कर्तिमानी दिलाउनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। अप्रत्याशित धन लाभ होला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)–कामका लागि गरिएको भ्रमणअसफल हुनेछ। समस्या थपिन सक्छन्। साना तिना काम र घरेलु समस्याले सताउन सकछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)–कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरुसँग मित्रता बढ्नेछ। कला साहित्य, कनोरञ्जनमा रुची बढ्ला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)—अस्वस्थताका बावजुट कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय वित्न सक्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)—व्यावसायमा लाग्नेहरुलाई विशेष फाइदा होला। रुचीका विषयमा लगानी बढाउने समय छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)__भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। व्यापारमा प्रसस्त फाइदा हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)–आश गरिएका काममा समय वित्ला। काम अनुसार उपलब्धि कम हुनाले मन खिन्न रहला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)—समयमा होशियार बन्न नसक्दा काम विग्रने र खर्च बढ्ने छ। मेहनत अनुसार फाइदा कमै होला।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
Views: 0