उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएपछि : यस्तो सम्म भयो

२०७६ भाद्र २५, बुधबार १७:१८ गते २०७६ भाद्र २५, बुधबार १७:१८ गते २०७६ भाद्र २५, बुधबार १७:१८ गते

धादिङ– उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन् ।पेटमा ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसले बिरामी परेका मगर झन समस्यामा पर्नु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए ।जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाण्डौमा रहेको वीर अस्पताल पठाइएको छ ।

गएको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताउनुभयो । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुग्नु भएको थियो ।उपचारका क्रममा झाँक्रीले विकार तानेर यस धेरैलाई निको पारेको बताएका थिए ।। जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताउनुभयो ।ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगरको अहिले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विमलाको भनाइ छ ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । यसअघि पनि उनी पटक–पटक विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरी फर्केको मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।लामो समयदेखि यस किसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर बिरामी निको पारेको बताउने झाँक्री विगतमा राजनीतिक संरक्षणमा कारबाहीबाट उन्मुक्ति पाउँदै आएका छन् ।घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकोले आवश्यक कारबाही गरिने बताउनुभयो ।ujyaaloonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *