अस्ट्रेलियाका नेपालीलाई सुझाव : चक्की खाएर तौल घट्दैन, यसरी शरीर बनाउनुहोस

२०७६ भाद्र २६, बिहीबार १६:३० गते २०७६ भाद्र २६, बिहीबार १६:३० गते २०७६ भाद्र २६, बिहीबार १६:३० गते

अस्ट्रेलिया : अस्ट्रेलियाका नेपालीलाई सु’झाव : चक्की खाएर तौल घट्दैन पछिल्लो समय सामाजिक संजाल हरु जस्तै फेसबुक टुइटर , इन्स्टग्राम हरुमा बिज्ञापन आइरहेको हुन्छ कि वजन घटाउने औसधि १ महिनामै वजन घटाउने जस्ता यस्ता बिज्ञापन प्रति युवाहरु आकर्षित हुने ट्रेन्ड नै बनेको छ ! र तेस्मा नेपालीहरु पनि अपवाद छैनन् !पातलो शरीर कसको चाहनामा नपर्ला ? अनि कुनै शारीरिक कष्ट बिना नै शरीरको केही किलो घटाउन सकिन्छ भन्दा के रहेछ त भनेर उत्सुक हुनु पनि अवश्य नै नौलो कुरा हैन।यस्तै प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालहरूमा वजन घटाउने कार्यक्रमहरूको प्रचार भई रहेकोमा अस्ट्रेलियामा रहेका नेपाली युवाहरूपनि यस्ता कार्यक्रमलाई पछ्याउने गरेको सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छ।

खानामा नियन्त्रण गर्दै र कार्यक्रम अन्तर्गतका नियमहरूको पालना गर्दा यति वजन घट्यो भन्ने पोस्टहरूले सामाजिक सञ्जालमा ठुलै स्थान ओगटेको छ।नेपालीहरू बिच निकै लोकप्रिय बनेको पूटिंग हेल्थ एट द टप अर्थात् फ्याट नामक कार्यक्रममा नेपालीहरू यसका ग्राहक मात्र होइनन् सक्रिय प्रचारक समेत बनेका छन्।यस्तै आफू ग्राहक साथ साथै प्रशिक्षक समेत बनेकी सबिता लामाले यो कार्यक्रमको अवधारणा आफूलाई धेरै मन परेको कारण सक्रिय प्रचारक बनेको बताएकी छन्।स्वस्थ जीवन यापनको तरिका सिकाउने दाबी गर्ने फ्याट बारे फेसबुकमा पोस्टहरू देखे पछि यसबारे पहिलो पटक आफूले थाह पाएको बताउँछिन् सबिता।उनले गर्भावस्थामा बढेको वजन घटाउन फ्याटका योजनाहरू सहयोगी भएको भन्दै, पछिल्लो परिणामबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताएकी छन्।गर्भवती हुँदा २० किलो मोटाएको हुँदा त्यसलाई घटाउन जिम गएको र त्यहाँ अत्यन्त कठिन शारीरिक अभ्यासहरू गरेको भए पनि त्यसबाट धेरै सफलता हासिल नभएको उनको भनाइ रहेको छ।

“जिम पनि गए २-३ किलो भन्दा घटाउन सकिन। पछि मैले बुट क्याम्पमा पनि भर्ना भए, ६ हप्ता बुट क्याम्पमा यति धेरै मेहनत गरे। मैले धेरै पसिना बगाएको भए पनि लगभग ४ किलो मात्र घटाउन सफल भए।”स्वास्थ्यलाई सबैभन्दा माथि राखिने मूल मन्त्र भएको फ्याट बारे सविताले सोध पुछ गरे पछि त्यो योजना चित्त बुझेको बताएकी छन्।हुन त यो कार्यक्रम अन्तर्गत रहने निर्णय लिनु पूर्व आफ्ना चिनजानका धेरै नदेख्दा चाहिँ थोरै हिच्किचाहट थियो भन्छिन् सबिता। “सुरुमा केही शङ्का नै थियो। किनभने अरूले गरेको देखेको थिएन नेपालीहरूले खासै त्यो टाइममा। मलाई प्रमुख तया चाहिँ कसरी खाना छोड्ने भन्ने भाथ्यो।”सुरुवातमा सबिता कै जस्तो आशङ्कित थिइन फ्याट कार्यक्रमबाट आफू सन्तुष्ट रहेको बताउने सर्जु देउजा पनि। तर उनको आशङ्का चाहिँ अलि फरक थियो।

” म आफैँ पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत भएकाले यो कुराहरूमा चाहिँ केही शङ्काहरू भएका थिए कि मैले गरिरहेको सही हो कि होइन भन्ने। विशेष गरी यो खान्कीमा चाहिँ यससँग जोडिएको कुरा भनेको तपाइले निश्चित कम्पनीले उपलब्ध गराएको सप्लिमेन्ट खानु पर्ने पनि रहेको छ।”तर ती उत्पादनबारे खोजी गर्दा दीर्घकालीन रूपमा असर पुर्‍याउने कुनै पनि तत्त्व नरहेको पत्ता लगाए पछि भने यस कार्यक्रमलाई अनुसरण गरेको सर्जुको भनाइ रहेको छ। “हरेक नेपालीहरूले खाने खानामा कार्ब्सको मात्र एकदमै बेसी, तेलको मात्रा एकदमै बेसी, चिनी, नुन जुन चाहिँ स्वास्थ्यका लागी राम्रो नहुने कुरा नै खाई राखेका थियौँ। त्यसैले यो कार्यक्रमले चाहिँ राम्रो खाऊ राम्रो गर भन्ने मूल मन्त्र रहेको छ।” फ्याट कार्यक्रमले स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउने विश्वास गर्ने सर्जुले एक महिनाको अवधिमा ८ किलो वजन घटाएको र अहिले सम्म केही नकारात्मक प्रभाव पनि नदेखिएको बताएकी छन्। तर व्यवशायिक बडी बिल्डर प्रकृति श्रेष्ठ भने यस्ता किसिमका वजन घटाउने कार्यक्रमहरू दिगो नहुने विचार व्यक्त गर्दछिन्।

शरीर सुगठन कसरी गर्ने ?:सन् २०१६ देखि नै बडी बिल्डिङ गरिरहेकी प्रकृति श्रेष्ठले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरूमा सहभागिता जनाई सकेकी छन्। उनका लागी कडा खान्कीका नियमहरू पालना गर्नु र शारीरिक अभ्यास त दैनिकी नै हुन्।र उनी विश्वास गर्छिन् सप्लिमेन्ट वा औषधिहरू खाएर वजन घटाउने भनेको दुई तरिकाले मात्र काम गर्छ।“कति जना मान्छेहरूले प्रमोसन गरिरहेका छन्, पिल्स, सप्लिमेन्ट, ड्रिंक्सहरू खाएर यति दिनमा वजन कम हुन्छ…यसले दुई तरिकाले काम गर्छ या त खानामा हुने फ्याटलाई सुकाएर वा खाना रुचि कम गराएर र यसले छोटो समयका लागी काम गर्ला तर दिगो हुँदैन।”

प्रा भनेर चिनिने प्रकृति मात्र होइन उनका श्रीमान् पनि बडी बिल्डर नै हुन्, र यो जोडीलाई उनीहरूको शारीरिक सुगठनको लागी चिनिन्छ।प्रकृतिले आफूहरूलाई ‘वजन घटाउने’ दाबी गर्ने अस्ट्रेलियाली ब्राण्डहरूले त्यस्ता उत्पादनहरूको प्रचार र विज्ञापन गर्न आग्रह गरेको पनि बताएकी छन्। वजन घटाउने नै दाबी गर्ने एक चुइङ्गमका साथ साथै अर्को एक कार्यक्रमले सञ्जाल बढाउन र त्यसबाट कमिसन प्राप्त हुने भन्दै आफ्ना उत्पादन बेच्न प्रस्ताव गरेको उनको भनाइ छ। तर उनले ती सबै प्रस्तावलाई अस्वीकार गरिन। उनी भन्छिन् आफ्नो पनि सामाजिक दायित्व रहेको र स्वास्थ्य सम्बन्धी कुरा भएकाले पनि अरूको देखासिकी गर्न ठिक नलागेको र अरूले पनि त्यस्तो गर्न नहुने सुझाव दिएकी छन्। कार्बोहाइड्रेट लाई पूर्ण तया परहेज गरेर सामान्य दैनिक क्रियाकलाप असम्भव भएको बताएकी छन्।“हामी मात्रा मिलाएर खान्छौँ, शारीरिक व्यायाम गर्छौँ र प्रतियोगिता आउने एक दुई दिन अगाडी जिरो कार्ब वा कार्ब नै नखाने गर्छौँ तर प्रत्येक दिन कार्ब नै नखाने भन्ने कुरा चाहिँ व्यवहारिक नै हुँदैन।” मानिसहरू यस्ता कार्यक्रमहरूमा आबद्ध हुनु पूर्व आफूसँग सल्लाह माग्न आउने र उनीहरूलाई क्षणिक नतिजामा नअल्झन सुझाव दिने गरेको उनको भनाइ छ।प्रकृतिले यस्ता वजन घटाउने कार्यक्रमहरूलाई चालबाजीको संज्ञा दिँदै यस्ता कुराहरूमा नलाग्न सुझाव दिएकी छन्।प्रकृतिले जस्तै पूर्ण तया कार्ब खान छोडेर वजन घटाउनु भनेको दीर्घकालीन समाधान नभएको बिचार राख्छिन् मान्यताप्राप्त प्राक्टिसिंग डाइटिसियन जुहि भम्भानी।

स्वास्थ्यका दृष्टिकोणले: आहार विशेषज्ञ जुहि भम्भानी भन्छिन् कार्बोहाइड्रेटलाई आफ्नो दैनिक खानाबाट पूर्णतया हटाइदा केही समय यसले काम गरेको जस्तो देखिए पनि यो दीर्घकालीन हुँदैन।उनका अनुसार एक प्रकारको डाइट योजनामा रहँदा शरीर त्यसमा बानी पर्न थाल्छ तर पछि शरीरले फेरी कार्बोहाइड्रेटको आवश्यकता महसुस गर्न थाल्छ।ऊर्जाको आवश्यकता पूर्ति गर्न शरीरको रोजाइमा ग्लुकोज पर्दछ र त्यो कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ। “त्यस्तो तरिकाले घटाइएको वजनलाई यथावत् राख्न धेरै गाह्रो हुन्छ। यो तपाईँको आफूलाई नियन्त्रण गर्न सक्ने क्षमताका कारणले होइन कि शरीरको आफ्नो मूलभूत वजनमा जाने प्रवृत्ति हुन्छ।”विशेष गरी युवावर्गलाई वजन घटाउने औषधिको प्रयोग र सप्लिमेन्टलाई खानाको विकल्पका रूपमा प्रयोग गर्ने सुझावयोग्य कुरा नभएको बिचार व्यक्त गर्दछिन्।“युवाहरूलाई यसको प्रयोग गर्न सुझाइँदैन किनभने उनीहरूको शरीरको अझै पनि विकास भइराखेको हुन्छ।”साथै उनी भन्छिन् सप्लिमेन्ट तथा वजन घटाउने औषधिहरूको नकारात्मक असरहरू हुन्छन् जस्तै : वाकवाकी लाग्ने, बान्ता हुने।र यसको सबैभन्दा खराब असर भनेको यसका कारण गल्ब्लाडर सम्बन्धी रोगहरू पनि लाग्न सक्छ।कार्बोहाइड्रेट दैनिक जीवन चलाउन चाहिने ऊर्जाको प्रमुख श्रोत भएकाले वजन घटाउने हेतुले यसलाई परहेज गर्दा स्वास्थ्यमा असर पर्दछ।

“जब तपाईँ कार्बोहाइड्रेट लिन छोड्नुहुन्छ तपाइ थकित अनुभव गर्न थाल्नु हुन्छ, र यसबाट धेरै फाइबर पाइने भएकाले तपाइलाई कब्जियतको समस्या पनि देखिन सक्छ।”उनी वजन घटाउने सबैभन्दा उत्तम उपाय भनेको दैनिक तिन खुराक (विशेष गरी बिहानको खाना) नछुटाउने र सन्तुलित खाना नै भएको बताउँछिन्।उनका अनुसार चिल्लो पदार्थ तथा कार्बोहाइड्रेट लगायत सम्पूर्ण खाना समूह सन्तुलित आहारका लागी उत्तिकै महत्त्व पूर्ण हुन्छन् ।जुही भन्छिन् नेपालीहरूले प्राय खाने खानालाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्त राम्रो मानिन्छ।कार्बोहाइड्रेट, प्रोटिन र अन्य आवश्यक पोषक तत्त्वहरू भएका कारणले नेपाली भोजन दाल, भात, तरकारी, दही सन्तुलित खानामा पर्दछ।स्वस्थ खाना भन्ने बित्तिकै नयाँ खाना योजना बनाउनु भन्दा पनि आफ्नो सामान्य खानामा केही सुधार मात्र गरे पनि हुने उनको भनाइ रहेको छ।साथै उनले शारीरिक व्यायामलाई पनि महत्त्व दिएकी छन्। उनी भन्छिन् जिम मै जान जरुरी छैन सामान्य हिँडाई पनि व्यायाम नै हो।उनले युवाहरूलाई स्वस्थ शरीर र शरीरमा सकारात्मक सोच ल्याउने हार्मोनको वृद्धि गर्न खेलकुदमा सहभागी हुन सुझाएकी छन्। -sbs nepali बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *