अब जुनसुकै तहका विद्यार्थीका लागि पनि पढ्न बिदेश जानू पर्दैन-मन्त्री गिरि

२०७६ भाद्र २७, शुक्रबार २०:०९ गते २०७६ भाद्र २७, शुक्रबार २०:०९ गते २०७६ भाद्र २७, शुक्रबार २०:०९ गते

सुवास बेल्वासे बुटवल – प्रदेश नम्बर ५ का उद्योग वन तथा बातावरण मन्त्री लिला गिरीले नयां नीतिको आधारमा अबको शिक्षालाई अगाडी बढाउनु पर्ने बताए । पुरानो शिक्षा नीतिले शिक्षामा गुणस्तर दिन नसक्ने भएकाले नयां शिक्षा नीति अहिलेको आवश्यक्ता भएको बताए । व्यवहारिक तथा गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थी पढ्नका लागि विदेश जान नपर्ने दावी गरे । नेपालमा दक्ष जनशतिको उत्पादन गरि गुणस्तरीय शिक्षा नेपालमै प्रदान गनको विकलप नभएको मन्त्री गिरीको भनाइ छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन रूपन्देही क्षेत्र नम्बर २ को कार्यकता भेलामा बोल्दै मन्त्री गिरीले नेपालमै प्राबिधिक शिक्षामार्फत युवाहरुलाइ रोजगारी दिनगरी सरकारले शिक्षाा नीति ल्याउने बताए ।

उनले नेकपाको पार्टी एकता प्रकृया लगभग अन्तिम चरणमा पुगेको दावी गर्दै अब राजनीतिक परिवर्तन मात्र नभई समृद्धिसंगै देशको विकास र परिवर्तनप्रति सरकार प्रतिवद्व रहेको बताए । तिनै तहका सरकारमा नेकपाको सरकार रहेको बताउंदै देशको विकासका निम्ती दक्ष जनशक्ति उत्पादनमा क्षेत्रमा लगाउनु पर्ने बताए ।अनेरास्ववियु मुलको यउटा महत्वपूर्ण संगठन रुपमा रहेको बताउदै अबको शिक्षा नीतिमा सुधार गरी प्राविधीक शिक्षा ल्याउनमा अनेरास्ववियुको र्भूमिका महत्वपूर्ण हुने बताए । नेकपा रुपन्देही जिल्ला सचिव निर्मल जीसीले अब बिद्यार्थी संगठनहरु चलायमान रुपमा एकतावद्व भई अगाडी बढ्न आग्रह गरे ।पूर्व विद्यार्थी नेता राजेन्द्र ढकालले रुपन्देहीको पाचँ ओटा क्षेत्रमा बिद्यार्थीको अगुवा कार्यकता भेला गरी संगठन बिस्तारलाई व्यापक रुपमा अगाडी बढाईएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सरोज पोखरेल, केन्द्रीय सदस्य अनुप पोखरेल, अनेरास्वीयू जिल्ला अध्यक्ष लेखनाथ खनाल, रुपेस पौडेल, काशिराम आचार्यलगायतले आ-आफ्नो भनाइ राखेका थिए । साजन भण्डारीको अध्यक्षयता, शिव बेलबासेको स्वागत र शौरभ भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *