नव भएर जन्म लिनुलाई सौभाग्यका रूपमा लिइन्छ । भनिन्छ छ कि हजारौं जुनी ग्रहण गरेर राम्रो कर्म गरेपछि मात्रै आत्माले मानवको रुपमा जन्म लिन पाउँछ । मानव रुपमा आत्मा जो पनि कर्म गर्छ त्यो नै उसको नियती बन्छ ।यो पनि भनिन्छ कि हरेक आत्मा एक नयाँ शरीर धारण गर्नु अगाडि एक नयाँ उद्देश्य निर्धारित गर्छ । अर्थात् आत्मा (जो अदृश्य हुन्छ) ले आफ्नो स्वरुपमा एक नयाँ उद्देश्य लिएर जमिनमा आउँछ ।पूर्वजन् तथा पुनर्जन्म:पुर्वजन्म र पुनर्जन्मजस्ता कुरामा विश्वास गरे पनि नगरेपनि यसका बारेमा पढ्न सबैका लागि रोचक हुन्छ । तपाई आफ्नो पछिल्लो जन्ममा के हुनुहन्थ्यो र अबको जन्ममा के हुनुहुन्छ भनेर त हामी भन्न सक्दैनौं ।तर एक कुरा तपाईलाई हामी के भन्न सक्छौं भने यदि तपाईसँग केही निश्चित घटना घट्छन् भने सम्झनुहोस् यो जन्ममा तपाई कसैका लागि विशेष हुनुहुन्छ । यसको अर्थ हो कि कुनै विशेष व्यक्तिलाई मद्दत पुर्याउन तपाईले यो जन्म लिनुभएको हो ।
तपाईको आसपासका व्यक्ति:तपाई जोसँग पनि भेटिनुहुन्छ, उनीहरु सधैं तपाईलाई आफूसँग राख्न चाहन्छन् । जो तपाईको नजिक छन्, उनीहरु कहिल्यै तपाईसँग दिक्क (वोर) हुँदैनन् र तपाईविना आफ्नो जिन्दगीको कल्पना गर्न सक्दैनन् भने सोच्नुहोस् तपाईको जन्म तिनै व्यक्तिका लागि भएको हो । दोस्रो व्यक्तिको बारेमा बढी सोच्नु:यदि तपाई अन्य व्यक्तिको बारेमा धेरै सोच्नुहुन्छ, अथवा आफ्नो भन्दा पनि उसको महत्वलाई बढ्ता ठान्नुहुन्छ भने तपाईको जन्म उसका लागि भएको हो भनेर सोचे हुन्छ ।त्यागको भावना :तपाईको लागि जीत भनेको ‘हार’ हो भने सोच्नुहोस् तपाईमा त्यागको भावना छ । अर्थात् तपाई अरुको मन दुखाएर कुनै पनि कुरा हासिल गर्न चाहनुहुन्न । धेरैपटक तपाई स्वयंलाई त्यागेर पनि दोस्रो व्यक्तिको मद्दतका लागि अगाडि बढुनुहुन्छ । यस्तो गर्नाले तपाईलाई छुट्टै आनन्द मिल्छ भने सोच्नुहोस् तपाईको जन्म अरुका लागि हो ।
Views: 0