कांग्रेस प्रवक्ता शर्माकाे प्रश्न : लामखुट्टे त मार्न नसक्ने याे सरकारले बाँकी के पो गर्न सक्ला ?

२०७६ भाद्र २८, शनिबार १४:३४ गते २०७६ भाद्र २८, शनिबार १४:३४ गते २०७६ भाद्र २८, शनिबार १४:३४ गते

काठमाण्डौ – नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बिहीबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भर्त्सना गर्दै गम्भीर आपत्ति जनाएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भर्त्सना गर्दै भविष्यमा यस्तो क्रियाकलाप नदोहोर्‍याउन पनि सरकारलाई चेतावनी दिनुभएको छ । जागरण अभियान कार्यक्रमलाई बिथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभइ प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै उहाँले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि पालिकासम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको उहाँको टिप्पणी छ ।उहाँले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र देशको राजनीतिप्रति नै जनतामा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न सरकारलाई चेतावनी दिनुभयो ।उहाँले भन्नुभयो, ‘लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस् । नेपाली कांग्रेस पार्टीको कुनै पनि तह र तप्काका साथीहरुमाथि गर्ने दुर्व्यवहारहरु कांग्रेसमाथिको प्रहार मात्रै होइन, यसले समग्र राजनीतिका बारेमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक सोचोस् ।’

बाँकेको खजुरा गाउँपालिका–२ को सितापुरमा रहेको नेपाल रेडक्रसको सभाहलमा हिमाल, पहाड तराई –मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहको समूह प्रवेश गरी आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते हुनुभएको थियो । आक्रमणबाट उहाँको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाइते भएको कांग्रेसले जनाएको छ । यसैबीच गृहमन्त्री रामबहादुर थापाले शुक्रबार बिहान संसदीय समितिमा बोल्दै बाँके घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको तथा अन्य दोषीहरुको खोजी भइरहेको बताउनुभएको थियो ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सदस्य डिला संग्रौला पन्तले बाँके घटना राज्यसत्ताबाट भएको विचारमाथिको आक्रमण भएको भन्दै संलग्न दोषीलाई नियन्त्रणमा लिइ कडा कारबाही गर्न तथा संविधानअनुसार विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन गृह मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *