काठमाडौं दशैको अवसर पारेर असोज १० गते बाट रिलिजको तयारीमा रहेकोे चलचित्र ‘रातो टिका निधारमा’ को टाइटल गित सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा अंकित शर्मा सगै साम्राज्ञी राज्यलक्ष्मी शाह र निता ढुंगाना लाइ फिचरिङ गरिएको छ । अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन हो । सो गितमा प्रमोद खरेल र मेलिना राइ को स्वर रहेको छ ।
ए.ए ग्रुप अफ कम्पनीजको बैनरमा निर्माण भएको यो चलचित्रमा अशोक शर्माको निर्माण तथा निर्देशन रहेको छ । सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन्। चलचित्र ‘रातो टिका निधारमा’ अंकित शर्मा सगै साम्राज्ञी राज्यलक्ष्मी शाह को मुख्य भुमिका रहेको छ भने निता ढुंगाना रविन्द्र झा,बुद्दि तामाङ ,खुश्बु खड्का,बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको पनि अभिनय रहेको छ । यसै चलचित्र मार्फत नेपाली रजतपटमा निर्देशक शर्माको छोरा अंकितले डेब्यु गरेका छन् ।चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र मित्र देव गुरुङको सम्पादन रहेको छ ।
Views: 0