टोखामा आधुनिक ‘डि जिम’ संचालनमा

२०७६ भाद्र ३१, मंगलवार ११:३८ गते २०७६ भाद्र ३१, मंगलवार ११:३८ गते २०७६ भाद्र ३१, मंगलवार ११:३८ गते

भदौ ३१,काठमाडौं: करिव दुई कराेडकाे लगानीमा निर्मित याे डि जिम काे मुख्य उदेश्य भनेकाे हरेक व्यक्ति स्वच्छ रहनु पर्छ भन्ने हाे । व्यवसायीक रूपमा संचालन भएता पनि सबैका लागि लाभदायक हुने व्यवस्थापककाे दाबी छ । यसमा उमेश अधिकारी, विवेक लम्शाल, अ्म्बर भट्टकाे लगानी रहेकाे छ । सांसद संग्राैलाले विदेशबाट नेपालमा आएर केही गर्छु भन्ने युवाहरूका लागि नेपाल सरकारले विशेष प्रथामिकतामा राख्नु पर्नेमा जाेड दिएका छन् । स्वास्थ्य रहनु सवैका लागि महत्वपुर्ण कुरा हाे ।

टाेखा नगरपालिकामा स्वास्थ्यका लागि व्यावसायिकरूपमा भएता पनि ‘डि जिम’काे संचालनमा आउनु विकासकाे एक खुड्किलाे भएकाे बताएका छन् ।विशेष अतिथि टाेखा नगरपालिकाका मेयर रमेश अधिकारीले टाेखाको विकासमा ‘डि जिम क्लव’काे पनि महत्व पुर्ण भुमिका रहने बताएका छन् । आउँदाे आर्थिक वर्ष भित्रमा टाेखा नगरपालिकाकाे प्रत्येक कच्ची बाटाेहरू पिच भैसक्ने प्रतिवद्धता पनि जनाएका छन् भने टाेखा नगरपालिकाका जनताकाे सुरक्षाका लागि सिसि टिभि क्यामरा जडान कार्यहरू भैरेहेकाे जानकार दिएका छन् ।
उहाँ भन्नुहुन्छः संविधानले परिकल्पना गरे अनुसार केन्द्र सरकार अगाडी बढी रहेकाे छ। तीन सरकार मध्य कान्छाे सरकारकाे रूपमा स्थानीय सरकार हाे । टाेखा नगरपालिका पनि एक हाे । हामीले टाेखा नगरकाे विकासका लागि जिम्मा लिएका छाै । हामी याे दायित्वबाट पछि हट्ने छैन । त्याे दायित्वलाई पुरा गर्न हामी लागि पर्ने छाै ।हामी अहिले विषादी युक्त खानाहरू खाइरहेका छन् । त्यसलाई निरूत्साहित गर्नका लागि खेलकुद पनि एक माध्यम हाे । त्यस मध्य जिम पनि एक हाे । जिमले शारिरीक बनावटलाई सुन्दरता बनाउने संग सँगै हेल्दि पनि बनाउने छन् । त्यस कारण टाेखा नगरपालिकामा सुविधा युक्त फिटनेस क्लव संचालनमा आउनु खुशीकाे कुरा हाे ।

टाेखा नगरपालिकाकाे सडक बाटाेहरू पीच हुन नसक्नुकाे कारण खानेपानीकाे पाइप लाइन र ढल व्यवस्थापनकाे समस्या भएता पनि बजेट विनियाेजनमा केही कानुनी प्रावधानहरूका कारणले पनि ढिलाइ भएकाे जानकारी दिएका छन् ।खेलकुदमा अर्थिक अभावका कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा खेलाडीले सहभागीता हुन नसकेमा टाेखा नगरपालिकाले आर्थिक सहयाेग गर्ने प्रतिवद्धता पनि जनाएकाे छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed