एजेन्सी– यसअघि बलिउडमा निकै जमेको जोडी हो, अभिनेत्री क्याट्रिना कैफ र अभिनेता रणबीर कपुरको । यी दुईले ‘अजब प्रेमकी गजब कहानी’, ‘राजनीति’, ‘जग्गा जासुस’मा रिलमा जोडीको भूमिका पनि निर्वाह गरे । तर, उनीहरुको प्रेम सोचेजस्तो अगाडि बढेन । बीचमै ब्रेकअप भयो । त्यसपछि यी दुईले आफ्नो सम्बन्धबारे खासै बोलेका छैनन् ।अब फेरि यी दुई एउटा मोबाइल विज्ञापनका लागि जोडिएका छन् । त्यसैले पनि क्याट्रिनाले यसबारे बोलेकी छिन् ।
मुम्बई मिररका लागि दिएको एक अन्तर्वार्तामा क्याट्रिना कैफले भनेकी छिन्, ‘म फेरि आफूलाई निर्माण गर्नुभन्दा अगाडि निकै चोट सहेँ, जे भयो त्यसलाई सहन मलाई अप्ठ्यारो त थियो तर मलाई त्यो समयमा आमाले भन्नुभयो– यस्तो सबैलाई हुन्छ । त्यही आमाको कुराले नै मलाई सहज बनायो ।’ उनले ब्रेकअपपछि आफूले विभिन्न फिल्ममा काम गर्दा पनि समस्या भोगेको बताएकी छिन् । र, ब्रेकअपपछि रणबीरसँग यस विषयमा पाँच पटक मात्र कुरा गरेको उनले बताएकी छिन् । ‘तर, अब रणबीरसँग कुनै पनि फिल्ममा काम गर्दिनँ होला,’ उनले भनेकी छिन् ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0