आज मिति २०७६ साल असोज १ गते । तदनुसार 18 सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष ; चतुर्थी बुधबार !
मेष– खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्
वृष– नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ।
मिथुन– पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।
कर्कट– सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।
सिंह– आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्न तुल्याउन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन्।
कन्या– व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।
तुला– इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ।
वृश्चिक– विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।
धनु– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।
मकर– सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कुम्भ– मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
मीन– स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0