अष्ट्रेलिया । अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यको साथ अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नयाँ आप्रवासी नीति ल्याएसगै अष्ट्रेलियाको पीआरमा नयाँ तरंग सुर भएको छ । गत वर्षदेखिनै चर्चा हुँदै आएको उक्त योजनाले औपचारिकता पाएको वर्ष नै सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारी भएको छ । प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका थिए ।
अष्ट्रेलियाको पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्युन रहेको छ । सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार, २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारि भएको छ । २०१८-१९ मा १ लाख ९० हजार सिलिङ्ग भएकोमा १ लाख ६० हजार ३ सय २३ मात्र पीआर भिसा प्रदान गरिएको छ । तथ्यांक अनुसार, यो संख्या १० वर्ष यताको सबैभन्दा न्युन हो । विगत दुई वर्ष देखि विदेशी विद्यार्थी र स्किल्ड कामदारलाई पीआर भिसामा अझ बढी कडाइ भएको बताइन्छ ।
सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिएका कारण पीआर भिसाको संख्यामा कमि आएको बताइन्छ । त्यसैले समग्र पीआर भिसाको संख्यामा गिरावट हुँदा रिजनल स्पोन्सड माइग्रेसन स्किम अन्तरगतको पीआर भिसामा भने ४४ प्रतिशतले वृद्धि भएको छ । स्रोतः एसबीएस
Views: 0