सबै भ्रष्टचारीको भिडियो क्लिप आइसक्यो, अब भ्रष्टचारीहरु ध्वोस्त : प्रधानमन्त्री

२०७६ आश्विन १, बुधबार १७:४४ गते २०७६ आश्विन १, बुधबार १७:४४ गते २०७६ आश्विन १, बुधबार १७:४४ गते

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रविरुद्ध षड्यन्त्र गर्नेहरुलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘सरकारले लोकतन्त्रविरुद्ध गतिविधिलाई नियालिराखेको छ । जबसम्म डम्मरुमाथि आक्रमण हुँदैन, तवसम्म बघिनी चुप लागेर बस्छे, आक्रमण भएको थाहा पाएपछि बघिनी जाइलाग्छे,’ प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकारले छाड्दैन, चुप लागेर बस्दैन ।’

सरकार गठन भएको २ वर्ष हुन लागेको भन्दै उनले सरकारका कामकारवाहीले गति लिएन भन्ने आलोचना आफूले सुनेको र त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बताए । भ्रष्टाचारका विषयमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याए । ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचार बारे छलफल नै नहुने अवस्था आओस्,’ प्रधानमन्त्रीको भनाई थियो ।

‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । जो भ्रष्टाचारी छन् उनीहरु शान्तिसँग बस्न पाउँदैनन्’ प्रधानमन्त्रीले चेतावनी दिए ।सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन तीन वर्ष बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed