दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ ।सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो ।घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।
दशैमा घर जाने योजना छ ? अब ढुक्क हुनुस घरमै आउँछ टिकट:दशैमा घर जाने योजनामा हुनुहुन्छ ? तर घर जाने टिकट नपाउने भएर तनावमा हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन, सरकारले अग्रिम टिकट बुकिङ खोल्दैछ ।यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको हो । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
दशैका लागि घर जाने मानिसको सुबिधाको लागि अग्रिम टिकट बुकिङ खोलिएको उनले बताए । काठमाडौ उपत्यकाबाट दशैका बेला ३० लाख मानिस बाहिरिने अनुमान छ । कामकाजी मानिसहरु फुलपाती सम्म काममा ब्यस्त हुँदा बसको टिकट नपाउने समस्या समाधान गर्न अग्रिम टिकटको ब्यवस्था गरिएको हमालको भनाइ छ । यो पटक बिभागले सडक विभागसँगको समन्वयमा दशै अगावै बिग्रिएका सडक मर्मत गर्ने तयारी गरेको छ ।smartkhabar
Views: 0