समिर नेपाल
असोज १ ,काठमाडौं। भदौ २७ गते शुक्रवार बाट रिलिज भएको चलचित्र ‘पासवर्ड’ नेपाली सिने जगतको अहिलेसम्म कै महँगो चलचित्र हो । चलचित्रले नेपाली बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ । चलचित्र ‘पासवर्ड’ विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ ।
उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक विशेष आइटम गीतमा नृत्य संगै अभिनय पनि गरेकी छिन् । एक्सन थृलर एवम् लव स्टोरी कथा रहेको उक्त चलचित्र नेपाली सिने जगत कै महङ्गो बजेटको चलचित्र बन्न सफल भएको छ । सम्राट बस्नेतको निर्देशन एवम् एबी इन्टरनेशनलको ब्यानरमा यो चलचित्रको निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् । सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पाँच करोड भन्दा बढीको लगानी रहेको छ ।
यो चलचित्र नेपाल संगै नेपाल बाहिर पनि एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्रुयाइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ ।
Views: 0