भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउँदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको पूजा गरेपछि मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । तर भारतको महाराष्ट्रमा एउटा परिवारका लागि साँढेको पूजाले ठूलै समस्या सिर्जना गर्यो ।महाराष्ट्रको अहमदनगर जिल्लास्थित रायटे वाघापुर गाउँकी एक महिलाले आफ्नो डेढ लाख भारु मूल्य पर्ने सुनको मंगलसूत्र साँढेको टाउकोमा लगाइदिएर पूजा गरिन् ।
त्यसपछि उनले उक्त मंगलसुत्र साँढेको टाउकोबाट निकालेर साँढेलाई खुवाउने रोटीको प्रसाद भएको थालीमा राखिन् । त्यही बेला अचानक बिजुली गयो र उनी मैनबत्ती लिनका लागि घरभित्र गइन् । जब उनी मैनबत्ती बालेर साँढे भएको ठाउँमा आइन् तब उनको होसहवास् उड्यो । किनकि उनले मंगलसूत्र राखेको प्रसादीको थाली रित्तै थियो ।उनी आत्तिइन् र आफ्नो श्रीमानलाई चिच्याएर बोलाइन् । उनका पति आएर हेर्दा त उक्त मंगलसूत्र साँढेले चपाइरहेको थियो । उनले जब मंगलसूत्र निकाल्न सकिन्छ कि भनेर साँढेको मुखभित्र हात हाल्ने प्रयास गरे, त्यसबेलासम्म ढिला भैसकेको थियो ।
मंगलसूत्रको आधा हिस्सा त साँढेले चपाएर निलिसकेको रहेछ । बल्लतल्ल साँढेको मुखबाट आधा मंगलसूत्र निकालेपछि साँढेले निलेको आधा मंलसूत्र खोज्न उनीहरुलाई कम्ता सकस परेन । उनीहरुले हरेक दिन साँढेले दिसा गरेको गोबरमा मंगलसूत्र खोज्ने अभियान नै चलाए ८ दिनसम्म । तर मंगलसूत्र गोबरमा फेला परेन । उनीहरु पशु चिकित्सकहाँ पुगे । पशु चिकित्सकले जाँच गर्दा मंगलसूत्रको आधा भाग साँढेको पेटको आमासयमा अड्किएको पत्ता लगाए । साँढेको शल्यक्रिया गरी उसको पेटबाट मंगलसूत्र निकालिएको छ । onlinekhabar बाट साभार
यी ४ राशिका पुरुष जसले आफ्नो प्रेमिकालाई गर्छन् आफूभन्दा बढी माया….जानिराखौ अरुको कस्तो हुन्छ ! : एजेन्सी । विवाह बन्धनमा बाँधिनको लागी महिला पुरुष दुवैले निकै सोचविचार गरेर निर्णय लिएका हुन्छन् । विवाह अघि नै महिला पुरुष दुवै जनाले यस्तो जीवन साथी होस् भन्ने सोच्छन् जसले उनीहरूलाई जिन्दगीभरिको साथ दिइरहोस् । विवाह पछि जीवनमा आउने हरेक दुख सुखमा जीवन साथीले साथ दिइयोस् भन्ने सबैको चाहाना हुन्छ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरूले आफ्नो प्रेमिका, श्रीमतीलाई अौधी माया गर्छन् उसको हरेक कठिनाइमा साथ दिइरहन्छन् । यी राशि हुने पुरुष विवाहका लागी सबैभन्दा प्रफेक्ट मानिन्छन् । ती राशि यी हुन्ः
कर्कट राशिः ज्योतिषका अनुसार कर्कट राशिका पुरुषहरु विवाहका लागि अति नै योग्य मानिन्छन् । यिनीहरु पारिवारिक व्यक्ति हुन्छन् । यी राशि भएका पुरुषहरु विवाहपछि असल पति र जिम्मेबार पिता बन्छन् । भनिन्छ कि कर्कट राशिका पुरुषसँग उनीहरुका श्रीमती प्रसन्न रहन्छिन्। मिथुन राशि: तपाई विवाहको लागि योग्य पुरुष खोजीरहनु भएको छ भने मिथुन राशि भएका पुरुषसँग विवाहको लागि भरोसा गर्नसक्नुहुन्छ । ज्योतिषका अनुसार मिथुन राशिका पुरुषले कहिले पनि सम्बन्धमा धोका दिँदैनन् ।तुला राशि: तुला राशिका पुरुष सधैँ अरुको मद्धतको लागि तयार हुन्छन्। विवाहपछि यस राशिका पुरुषहरु आफ्नो पत्नीलाई हरेक कुरामा साथ दिन्छन्। तुला राशिका पुरुषहरु धेरै नै सहयोगी र मिलनसार हुन्छन्।
वृश्चिक राशि: ज्योतिषका अनुसार विवाहको लागि योग्य राशिमध्ये वृश्चिक पनि एक हो। भनिन्छ कि वृश्चिक राशिका पुरुषलाई युवतीले कुनै सोचविना नै अपनाउन सक्छिन् । यस राशिका पुरुष सधैँ आफ्नो जीवनसाथीप्रति उदार र लालायित हुन्छन् ।
यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग: वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0