अस्ट्रेलिया। यस्ता प्रतिभा हुनेले सजिलै पाउँछन् अष्ट्रेलियाको पीआर जानिराखौ ! अष्ट्रेलियाले विभिन्न मुलु’कका प्रतिभाशाली व्य’क्तिहरुलाई समेत PR दिँदै आएको छ । यसका लागि तपाईंको प्र’तिभाको मू’ल्यांकन गर्दै अष्ट्रे’लियाले डि’स्टिङगस् ट्या’लेन्ट स’बक्लास १२४ अन्तर्गतको भिसा उ’पलब्ध गराँउछ । प्रतिभाका आधारमा अस्ट्रेलियाको पीआर पाउनका लागि विभिन्न ४ क्षेत्रहरु कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान र व्यक्तिगत व्यवसायलाई आधार मानिएको छ । यसका लागि पीआरको अपेक्षा गर्ने व्यक्त अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ । आखिर के छन् त प्रतिभाको आधारमा अष्ट्रेलियाको पीआर पाउने आधार ?
- # तपाईंमा असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान वा व्यक्तिगत व्यवसायलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट सम्मानित भएको हुनुपर्छ ।
- # तपाईं सोही व्यवसाय वा क्षेत्रमा सक्रिय रहेको हुनुपर्दछ र अस्ट्रेलियाले तपाईंलाई आफ्नो सम्पत्तिको रुपमा हेरेको हुनुपर्छ ।
- # तपाईंलाई यसका लागि कुनै महत्वपूर्ण व्यक्ति वा संस्थाले मनोनयन गरेको हुनुपर्छ ।
- # तपाईं अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।
- # तपाईंको स्वास्थ्य र नैतिक आचरण समेत राम्रो रहेको हुनुपर्छ ।
- # तपाईं अङ्ग्रेजी भाषामा निपुर्ण रहेको हुनुपर्छ ।
यस्तो योग्यता भएको खण्डमा अष्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि भिसा पाइन्छ । डिस्टिङगस् ट्यालेन्ट सबक्लास १२४ अन्तर्गतको भिसा पाउनुका फाइदा
- # भिसा पाएको व्यक्ति अष्ट्रेलियामा चीरकाल सम्मका लागि बसोबास गर्न सक्छ ।
- # अष्ट्रेलियामा बसोबास गरिरहेका बेला आफ्नो क्षेत्रमा काम गर्न सक्छ ।
- # भिसा पाएको मानिसले अष्ट्रेलियाको स्वास्थ्य कार्यक्रम मेडिकेयरमा समेत सहभागी हुन सक्छ ।
- # स्थायी बसोबासका लागि आफ्ना आफन्तलाई समेत स्पन्सर गर्न सक्छ ।
- # त्यसबाहेक निश्चित मापदण्ड पूरा गरेपछि अष्ट्रेलियाको नागरिकताका लागि समेत आवेदन दिन सक्छ ।
यो पनि पढ्नुहोस ! अब नर्सहरूका लागी अस्ट्रेलियामा नयाँ नियम… मेलबर्न । अस्ट्रेलियामा अब विदेशी नर्सहरूका लागी छुट्टै नयाँ नियम आउने भएको छ । अस्ट्रेलियन सरकारले यसै वर्ष देखि नर्सहरूको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो । हाल अस्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अस्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज कोर्स गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उनीहरू दर्ता गरेर काममा लाग्न पाउँछन् । आगामी अक्टोबर १ देखि भने नर्सहरुले ब्रिज कोर्स र outcomes-based-assessment (OBA) बीचमा एउटा रोज्न पाउनेछन् । अर्को वर्ष अर्थात २०२० देखि भने OBA लागु हुनेछ । यस बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
यो पनीः अष्ट्रेलियाको पीआरमा नयाँ तरंग: पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्यून: अष्ट्रेलिया । अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यको साथ अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नयाँ आप्रवासी नीति ल्याएसगै अष्ट्रेलियाको पीआरमा नयाँ तरंग सुर भएको छ । गत वर्षदेखिनै चर्चा हुँदै आएको उक्त योजनाले औपचारिकता पाएको वर्ष नै सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारी भएको छ । प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका थिए ।
अष्ट्रेलियाको पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्युन रहेको छ । सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार, २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारि भएको छ । २०१८-१९ मा १ लाख ९० हजार सिलिङ्ग भएकोमा १ लाख ६० हजार ३ सय २३ मात्र पीआर भिसा प्रदान गरिएको छ । तथ्यांक अनुसार, यो संख्या १० वर्ष यताको सबैभन्दा न्युन हो । विगत दुई वर्ष देखि विदेशी विद्यार्थी र स्किल्ड कामदारलाई पीआर भिसामा अझ बढी कडाइ भएको बताइन्छ । सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिएका कारण पीआर भिसाको संख्यामा कमि आएको बताइन्छ । त्यसैले समग्र पीआर भिसाको संख्यामा गिरावट हुँदा रिजनल स्पोन्सड माइग्रेसन स्किम अन्तरगतको पीआर भिसामा भने ४४ प्रतिशतले वृद्धि भएको छ । स्रोतः एसबीएस
Views: 0