पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा थलिएकी एक उपसचिव महिला, भिडियो हेर्दा झर्ने छन् आँशु

२०७६ आश्विन ४, शनिबार ०९:५४ गते २०७६ आश्विन ४, शनिबार ०९:५४ गते २०७६ आश्विन ४, शनिबार ०९:५४ गते

विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा आश्रय लिँदै आएकी यी बृद्धाको नाम हो, डाक्टर शान्तिप्रिया उपाध्याय। मुलुकका लागि निकै योगदान दिएकी यि महिला अहिले वृद्धाश्रममा थलिएर बसेकी छन् । जन्म मिति २००७ साल साउन १९ गते लेखिएको उनको नागरिकतामा स्थायी ठेगाना लाजिम्पाट लेखिएको छ । उनलाई कुपण्डोलबाट उद्धार गरेर वृद्धाश्रमक गरिएको थियो। शान्तिप्रियाको बुवाको नाम हो, रामेश्वर पौडेल र आमा यशोदा। उनले त्रिचन्द्र कलेजबाट केमेस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन्। जडिबुटीमा उनले फ्रान्सबाट पिएचडी गरेकी हुन्।

६९ वर्षीय शान्तिप्रिया जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारी हुन्। शान्तिप्रियाका बुवा र आमा दुबै सरकारी जागिरे थिए। कान्छा काका ठाकुरनाथ शर्मा रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी। उनी आफैं वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको प्राकृतिक अनुसन्धान शाखामा वरिष्ठ अनुसन्धान अधिकृत अर्थात उपसचिव थिइन्। अवकाशपछि उनले कुपण्डोलस्थित आफ्नै घरमा वनस्पति रिसर्च सेन्टर खोलेकी थिइन्। उनी त्यहाँ साबुन, अत्तरलगायतका समान उत्पादन गर्थिन्। गत वर्ष कुपण्डोलका स्थानीयलगायत वडा कार्यालयका अधिकारीले शान्तिप्रियाको बिजोगको विषयमा मानव कल्याण समाजलाई जानकारी दिएका थिए। यस्तो थियो, उनको अवस्था(मानव कल्याण समाजका पदाधिकारी उद्धारका लागि कुपण्डोलस्थित शान्तिप्रियाको घर पुग्दा उनको अवस्था निकै दयनीय थियो। बाहिरबाट घर निकै सुन्दर र चिट्टिक्क परेको देखिन्थ्यो।

आमा स्वर्गवास नहुँदै बुवाले कान्छी बोकेर ल्याएछन्। यसपछि यी दुबै आमा–छोरीको बिजोग भयो। बुवाको व्यवहारबाट खुम्चिएकी शान्तिप्रियाले बिहे गरिनन्। उनी आमाकै सेवा गरेर बसिन्। ६ वर्षअघि उनलाई अर्को दुःखले घेर्‍यो। वनस्पति विभागको हलमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पढाउने क्रममा उच्च रक्तचापले उनी एक्कासी ढल्न पुगिन्। यसपछि उनको शरीरको एउटा भागमा पक्षघात भयो। आफूलाई सेवा गर्ने छोरी नै ‘प्यारालाइसिस्’ का कारण ओछ्यानमा परेपछि आमाको पनि बिजोग भयो र त्यही साल नि८धन भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *