आज मिति २०७६ साल असोज ०५ गते । तदनुसार २२ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष ८ तिथि १४;४० बजे उप्रान्त नवमी
मेष–आँटेको काम समयमा पूूरा नहुन सक्छ ।
पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै
लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
वृष– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
पठन–पाठनमा प्रगति हुनेछ । काम बिग्रने
डरले सताउन सक्छ ।
मिथुन–अरूका विषयमा चासो लिँदा विवादमा
परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कर्कट–आफ्ना विषयवस्तुमा अरूले अधिकार
जमाउन सक्छन् । नगरेका गल्तीको सजाय
भोग्नुपर्ला । सरकारी कडिकडाउको सिकार
भइनेछ ।
सिंह– विद्यामा कमजोरी र लेनदेनमा विवाद
होला। व्यावसायिक काममा पनि समस्या आउन
सक्छ ।
कन्या–एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट
सहयोग तथा हौसला मिल्नेछ ।
तुला– मनोरन्जनमा समय ब्यतित भएर जाने
दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ
।
वृश्चिक–गरिदै आएको काममा थप जांगर
पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा
नै होला ।
धनु– श्रमको समुचित मूल्यांकन नहुन सक्छ ।
आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ ।
सावधान रहनु होला ।
मकर–कामका लागि गरिएको भ्रमणमा समय
मात्र बित्नेछ । समस्या थपिन सक्छन ।
सानातिना काममा समय बित्ने दिन रहेका छ
।
कुम्भ–परोपकारजन्य क्रियाकलापमा समय
बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।
तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
मीन– सामाजिक उत्तरदायित्व वहन गर्ने
समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्।
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0