काठमाडौं असोज ०५ गते : आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशभर पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिण तर्फ सरेको हाल देशका अधिकांश भूभागहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ ।
- आगामी तीन दिनको मौसम: असोज ०५ गते (आइतबार)
- दिउँसो : देशभरी सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
- राति : देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
- असोज ०६ गते (सोमबार)
- दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- राति : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- असोज ०७ गते (मंगलबार)
- दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- राति : देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्य बदलि रहनेछ । पूर्वी र मध्य भूभागका केही स्थानहरुमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी देशका केहीह स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडि भुभागमा पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले आग्रह गरेको छ ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0