काठमाडौं । केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन्।
चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो।
‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने,‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन्।’
कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0