अस्ट्रेलियाको सपना बोकेर इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य ।

२०७६ आश्विन ५, आईतवार ०९:०२ गते २०७६ आश्विन ५, आईतवार ०९:०२ गते २०७६ आश्विन ५, आईतवार ०९:०२ गते

काठमाडौं – थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन्।

ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो।

मानव तस्करका दलालहरुले चर्को यातना दिएर उनीहरुलाई अस्ट्रेलियाको बोर्डर पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले। घरबाट पैसा मगाउन नसकेपछि दलालले उनीहरुलाई इन्डोनेसिया अध्यागमनको जिम्मा लगाए। आजको नागरिक दैनिकले खबर छापेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *