पुरुषले विवाह अघि बोल्ने ७ अनौठा झुट, तपाईं फस्नु त भएन ?

२०७६ आश्विन ५, आईतवार १०:५७ गते २०७६ आश्विन ५, आईतवार १०:५७ गते २०७६ आश्विन ५, आईतवार १०:५७ गते

विवाह एक पवित्र बन्धन हो । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ । जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाह अघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन् :

१. अहिलेसम्म मेरो कोहीसँग अफियर नै चलेको छैन : विवाह अगाडि अधिकाशं पुरुषले बोल्ने सबैभन्दा ठुलो झुट नै यहि हो । केटाहरुका चाहे जति जना गर्लफ्रेण्ड हुन्, विवाह अघि त्यसलाई नर्काने गर्दछन् । २. तिमी मात्र एकजोर लुगामा आऊ : मन परेको केटिलाई विवाह अघि केटाले बोल्ने अर्को झुट विवाहको कुनै तयारी नगरी आफुले लगाएको लुगामा मात्र घर आउन भन्छन् । यर्थाथमा उनीहरुले त्यसो भन्नुको पछाडि मन परेको मान्छेलाई गुमाउन नचाहानु र केटिलाई प्रभावित पार्नु नै हो ।

३. विवाह पछि म यो सब छोडिदिन्छु : अधिकाशं केटाले विवाहअघि बोल्ने अर्को झुट भनेको आफुमा रहेको कुनै खराब अम्मल अर्थात मद्यपान, धुम्रपान, सुर्ति लगायतको सेवन गर्ने बानि विवाह पछि छोड्ने बताउछन् ।४. तिम्रो र मेरो परीवार दुबै बराबर : केटाले विवाह गर्नु अघि घर पक्ष र ससुराली पक्ष दुबै बराबर हुने बताउँछन् । दुबै तर्फको परीवारलाई समान ब्यवहार गर्ने उनिहरुको प्रतिवद्धता हुन्छ जो कालान्तरमा अधिकांश केटाहरु पुरा गर्न सक्दैनन् ।

५) तिमी संसारको सबैभन्दा राम्री छौ : हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् । यर्थाथ संसारमा अरुपनि धेरै राम्रा हुन्छन् ।६) तिमी नै मेरो सबैथोक हौ : विवाहअघि केटाले केटिलाई तिमी नै मेरो सर्वश्व हौ भनेर मख्ख पार्छन् । तर विवाहको केहि समयपछि विस्तारै केटाहरु समय दिन सक्दैनौ । साथै श्रीमतीले भनेको कुरा समयमा पुरा गर्न सक्दैनन् । ७. हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छौ : विवाह अघि पुरुषले हुनेवाला जीवनसाथिलाई उनी हरेक रुपमा राम्री लाग्ने बताउछन् । शुरु शुरुमा श्रीमतीका हरेक कुरा मनपर्ने श्रीमानलाई पछिपछि उनको त्यहि बानि तथा पहिरनमा कमजोरी देख्न थाल्छन् ।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed