यसरी हुन्छ डिप्रेसन : हेर्नुहोस लक्षण र रोकथाम गर्ने उपाय : नत्र यस्तो सम्म हुनसक्छ

२०७६ आश्विन ५, आईतवार १३:०१ गते २०७६ आश्विन ५, आईतवार १३:०१ गते २०७६ आश्विन ५, आईतवार १३:०१ गते

काठमाडौँ । नेपालमा विभिन्न कारणले गर्दा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको सङ्ख्या निकै बढ्दो क्रममा रहेको छ । अझ भन्दा यो सङ्ख्या एकदमै तीव्र गतिमा बढिरहेको छ । असफलता, व्यस्तता, अव्यवस्थित जीवनशैली, प्रतिस्पर्धा, डर जस्ता कारणले डिप्रेसन भइरहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रूपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो। यो आनुवंशिक रोग भएकाले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचे अनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिसमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त ?

लक्षण : –शक्तिहीन महसुस गर्नु । –खान मन नलाग्नु । –कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु । जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु । आफूबारे नकारात्मक मात्र सोच्नु । आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु । –आत्महत्याबारे सोचिरहनु । कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु । –नियमित रूपमा शरीर र टाउको दुख्नु । उपचार : डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू । डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

  • रोकथामका उपाय
  • शारीरिक रुपमा सक्रिय रहने ।
  • रमाइला कामका लागि समय निकाल्ने ।
  • आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।
  • योग र ध्यान गर्ने ।
  • अत्यन्त महत्वाकांक्षी नहुने ।
  • सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।
  • धूमपान र मध्यपानको लतमा नपर्ने ।
  • उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।

यो पनि : आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ । यस्तो लक्षण देख्नासाथ संयम भएर सीपीआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।सीपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीको ज्यान जोगिन्छ ।

तपाईले घर, स्कुल, सडक, पसल वा जुनसुकै ठाउँमा हेर्दाहेर्दै कोही पनि व्यक्ति ढलेको देख्नुभयो भने सर्वप्रथम उसले श्वास फेरेको वा नफेरेको हेर्नुहोस्। त्यसको लागि छाती तलमाथि छ कि छैन, नाक–मुखबाट हावा निस्केको छ, छैन हेर्नुहोस्। साथै नजिकै गएर सुन्नुहोस्, तपाइँले त्यहाँ जीवनको कुनै संकेत देख्नुभएन भने १० सेकेन्डभित्र नै बिरामीलाई सुरक्षित ठाउँमा राखेर सीपीआर दिन सुरु गर्नुहोस् र तुरुन्त एम्बुलेन्स पठाइदिनको लागि अनुरोध गर्नुहोस्।श्वासप्रश्वास दिँदा तरिका मिलाउन सकिएन भने समय मात्र बर्बाद हुन्छ र बिरामीलाई बचाउने प्रतिशत घट्छ। त्यसैले यस्तो आपतकालीन स्थितिमा हातले मात्र दिने सीपीआर बढी महत्वपूर्ण हुन्छ। यस्ता बिरामीलाई सीपीआरपश्चात् अस्पतालमा कार्डियोभर्टर–डिफिब्रिलेटरको आवश्यकता पर्नसक्छ ।थ्रोम्बोलाइटिक औषधि, कोरोनरी आटरी बाइपास सर्जरी, एनजिओप्लास्टी र स्टेन्ट राखेर रगतका धमनीहरु खुलाइन्छ र बिरामीलाई तन्दुरुस्त बनाइन्छ। समयमा सीपीआर दिएमा बिरामीको ज्यान जोगिने सम्भावना ५० देखि ७५ प्रतिशतसम्म बढी हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *