युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित उपन्यास अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ सार्वजनिक ।।

२०७६ आश्विन ५, आईतवार १४:५५ गते २०७६ आश्विन ५, आईतवार १४:५५ गते २०७६ आश्विन ५, आईतवार १४:५५ गते

काठमाडौं । सरकारले निषेधित तोकेको क्षेत्र, व्यानर सहितका मान्छेहरुको भीड । संधै जसो विद्रोहीहरुको जमातले घेरिने गरेको हनुमानस्थान अनामनगर क्षेत्र । सुरक्षाकर्मीहरुलाई फेरि कुन खाले विद्रोहीहरुको हुल आयो भन्ने लाग्नु स्वभाविकै थियो । जव भीड नजिकै सुरक्षाकर्मीहरु पुगे उनीहरु एक छिन त अचम्मित वने । ब्यानरमा लेखिएको थियो पुस्तक लोकार्पण समारोह । सायदै मुलसडकमै पुस्तक विमोचन गरिएको यो पहिलो पटक नै थियो । चारैतिर साहित्य प्रेमीहरुको जमात सहित पुस्तक लोकार्पण समारोह देखेपछि सुरक्षाकर्मीहरु पनि विना रोकतोक पुस्तक विमोचन कार्यक्रमलाई समारोहलाई मुस्कुराउँदै समर्थन गरे ।
गत शुक्रबार मुलसडकमै आयोजित सो कार्यक्रम युवा साहित्यकार भीष्मराज फुलाराव्दारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी संस्करण ‘ अर्फान हरस्कोप’को थियो । कार्यक्रमको आयोजक तथा पुस्तक प्रकाशक फुलारा लिटरेचर फाउण्डेसनले विभिन्न होटेल तथा सभागृहहरुमा गरिने विमोचनका शैलीहरुलाई वदल्ने उदेश्यका साथ सडकमै जनताका माझमा पुस्तक लोकार्पण समारोहको आयोजना गरिएको जनाएको छ ।कार्यक्रममा जेष्ठ नागरिक, बरिष्ठ पत्रकार तथा समाजसेवी भैरब रिसाल, बरिष्ठ ब्यक्तित्वहरु मोहन बहादुर के.सी., ईन्जिनियर दुर्गा वस्ती, स्वास्थ्यकर्मी प्रदिप रिमाल, बृत्तचित्र सम्पादक मान बहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, पुस्तक अनुवादक ऋषि नौपाने, लगायत दर्जनौ लब्धप्रतिष्ठित ब्यक्तित्वहरु तथा सयौं संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार तथा समाजसेवी भैरब रिसालले साहित्यकारहरुले सामाजिक तडक भडक र महंगोमा पुस्तक लोकार्पण गर्ने परिपाटीलाई छिचोल्दै युवा लेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक लोकार्पण गर्न सकिन्छ भन्ने सन्देश आम नागरिकहरुमा दिन सकेकोमा गौरवान्दित महशुस गरे र युवा लेखक फुलाराको नयाँ कदमको तारिफ गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरे ।
त्यसै गरी उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवालीले चर्चित युवा साहित्यकार फुलाराले जुन किसिमको साहित्यमा योगदान दिईरहेका छन् उक्त कार्य युवा वर्गको लागि उदाहरण तथा प्रशंसनीय रहेको बताए । नेपाली साहित्यको बिकासका लागि अंग्रेजीमा अनुवादित यो पुस्तकले पाठकहरुलाई समाजमा यथार्थ घटना, परिघटना र समाजले भोग्नु परेको पिडालाई उतारेको चर्चा गरे ।
त्यसैगरी ‘टुहुरो कुण्डली’ पुस्तकका अनुवादक ऋषि न्यौपानेले पुस्तकमा भौगोलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानवीय घटनालाई यथार्थ रुपमा चित्रण गरेको बताए । यो पुस्तक मानवीय करुणारसले भरिएकोले आफुले अंग्रजीमा अनुवाद गर्न पाएकोमा खुशी ब्यक्त गरे । नेपाली साहित्य इतिहासमा सम्भवत पहिलो पटक मूल सडकबाटै पुस्तक बिमोचन भएकोमा नयाँ शैलीको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई धन्यवाद सहित बधाई ज्ञापन गरे ।
त्यसैगरी युवा उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफु बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगायर उपन्यास तयार पारेको बताए । सामाजिक संवेदना स्खलीत हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया मायाँ, सद्भाव र सहानुभुति जस्ता संवेदना उठान गरेर लेखेको हुनाले पाठकहरुलाई एकचोटी अवस्य पढेर प्रतिकृया दिन आग्रह गरे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *