यि महिला हुन् जसले कमला घिमिरेलाई चर्चित बनाइन्, प्रतियोगितामा कमलालाई यसरी अमृतसंग दोहोरी गाउन लगाएकी थिइन् (भिडियो हेर्नुस्)

२०७६ आश्विन ६, सोमबार ११:११ गते २०७६ आश्विन ६, सोमबार ११:११ गते २०७६ आश्विन ६, सोमबार ११:११ गते

काठमाडौं।  प्रगतीशिल महिला समुहले तीजमा प्रतियोगीता कार्यक्रम आयोजना गर्दै आउने गरेको छ । वर्षेनी समुहले कार्यक्रम आयोजना गरेको थियो । यो वर्ष पनि तीज गीत प्रतियोगीता गर्ने र सफल हुनेलाई पुरस्कार समेत दिने गरिएको थियो । त्यस्तै समुहलाई आर्थिक रुपमा बलियो बनाउन तिहारमा देउसी भैलो पनि खेलेर पैसा संकलन गरे ।

यो वर्षको भदौ ७ गते पनि तीज गीत प्रतियोगीता आयोजना गरियो । गत वर्ष विद्यालयवाट कोही नआएपछि यो वर्ष कोही विद्यालयलाई निम्ता पठाइएन । कमला घिमिरेको छिमेकी तथा सो वडाको वडा सदस्य समेत प्रगतिशिल महिला समुहकी प्रतिनिधि खड्क कुमारी सापकोटाले कमलाको बारेमा पनि सुनेकी थिइन् । तिहारमा पनि दोहोरी गाउने, रत्यौलीमा पनि गीत गाउने गरेको आफुले सुनेको कमलालाई पनि अघि बढाउनुपर्छ भन्ने लागेर उनले कमलालाई अमृत सापकोटासंग गीत गाउन लगाएको बताइन् । उनले नै अमृतलाई पनि कमलासंग दोहोरी गाउन राजी गराएको बताइन् ।

प्रगतिशिल महिला समुहका तर्फवाट आफुले उनलाई सहयोग गरेको बताइन् । उनले पहिलो पनि कमलालाई सहयोग गरेको बताइन् ।। कमलालाई गीत गाउन उत्साहित गर्ने, प्रतियोगितामा ल्याउने लगायतका काम गरेको बताइन् । उनले कमलालाई पनि सो विषयमा सोध्न उनले आग्रह गरिन् । धादिगं वडा नम्बर १२ मा रहेकी कमला घिमिरे अहिले निकै चर्चामा छन् । उनले दोहोरी गीत गाएको सबैले मन पराएपछि अहिले चर्चामा छन् । ११ वर्षीया ति बालिकाको दोहोरीमा जवाफ फर्काउने कला निकै राम्रो छ । अमृतसंग सोही कार्यक्रममा गाएको दोहोरी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले उनी चर्चामा छन् । ताजाखबर बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *