नायिका केकी अधिकारी दुर्घटना प्रकरण : अहिले यस्तो छ स्वास्थ्य अवस्था

२०७६ आश्विन ६, सोमबार १८:०१ गते २०७६ आश्विन ६, सोमबार १८:०१ गते २०७६ आश्विन ६, सोमबार १८:०१ गते

काठमाडौं । चर्चित नायिका केकी अधिकारी चढेको गाडी दु*र्घट*नामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको गाडी दु*र्घट*नाग्रस्त भएको हो । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घटनामा परेको थियो । यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेको बताइएको छ ।कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराम गरिरहेका छन् । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए । सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

यो पनि पद्नुहोस:ओलीले रविन्द्र अधिकारीको मृ’त्युपछि पर्यटन मन्त्रालयबाट २६ करोड बाँडेकाे खुलासा : काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेकाे खुलासा भएकाे छ । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *