आज मिति २०७६ साल असोज ०८ गते । तदनुसार २५ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष यकादशि ०९ ४५ बजे उप्रान्त द्वादशी बुधबार
मेष– आफन्तहरूको सञ्जालबाट फाइदा लिन
सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ ।
सामान्यतया दिन राम्रै रहेको छ ।
वृष– साथीभाइले काममा सहयोग जुटाउन
सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् ।
नसोचेको ठाउबाट धन प्राप्त होला ।
मिथुन– स्वास्थ्यमा कमजोरी एवं काममा
अवरोध आउनाले मन खिन्न रहनेछ ।
विलासितामा धन खर्च हुनेछ ।
कर्कट– नजिकका साथीभाइ आज टाढिए पनि
टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ ।
अर्थअभावले काम रोकिने सम्भावना छ ।
सिंह– काम र पदको आशा देखाउनेहरूले फसाउन
सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ ।
प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ ।
कन्या– कीर्तिमानी काम गर्दै धेरैलाई
प्रभावित बनाउन सकिनेछ । श्रमको उचित
मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।
तुला– आज केही अवसर जुटे पनि परिस्थिति
अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ
थपिन सक्छ ।
वृश्चिक– दिगो फाइदा हुने काम शुभारम्भ गर्ने
अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका
दिन सक्छन्, सावधान रहनु होला ।
धनु– प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्
। रोकिएको काम बन्नुका साथै नयाँ काम
प्रारम्भ हुन सक्छ ।
मकर– अरुले झमेला निम्त्याए पनि हिम्मतले
काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको
प्रतिष्ठा दिलाउन सक्छ ।
कुम्भ– आज कुनै अवसर प्राप्त भए पनि कुरा
लगाउनेहरूको फन्दामा परिने सम्भावना छ ।
गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
मीन– आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ
। परिवारजनमा असमझदारी बढ्नाले काममा
बाधा पुग्ने सम्भावना छ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0