आज मिति २०७६ साल असोज ०९ गते । तदनुसार २६ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष द्वादशी ०७:३३ बजे उप्रान्त त्रयोदशी बिहिबार।
मेष– सरल जीवनशैलीले धेरैको मन लोभ्याउन
सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ ।
पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।
वृष– रोकिएका काममा दोहोर्याएर प्रयत्न
गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द
मिल्नेछ । दिन सामान्य नै रहेको छ ।
मिथुन– विशेष अवसर प्राप्त भए पनि ईर्ष्या
गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका
पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।
कर्कट– आज ठूला ब्यक्तीहरुबाट मानसम्मान
प्राप्त होला, र मिष्ठान्न भोजन पनि
प्राप्त हुने दिन रहेको छ ।
सिंह– विगतका कमजोरी सच्याउने मौका
मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले
विशेष अवसर पाइनेछ । धनलाभ पनि होला ।
कन्या– उठ्नुपर्ने रकम हातलागी नहुँदा
आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना
बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।
तुला– सोचेको काम समयमा नबन्नाले दुःख
पाइनेछ । भोजभतेरको निम्तो आए पनि
नियमित कामकै चिन्ताले सताउन सक्छ ।
वृश्चिक– उपहारका नाउँमा काम नलाग्ने
वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा
अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै
होला ।
धनु– नयाँ काममा हात हाल्ने समय आएको छ ।
मान र विद्या प्राप्त हुने समय छ । टाढाको
यात्रा पनि हुन सक्छ ।
मकर– तपाइको आज खर्च लागे पनि चिताएको
काम बन्नेछ । व्यवसायमा लगानी बढाउने
मौका जुर्न सक्छ ।
कुम्भ– अप्ठ्यारा परिस्थितिसँग सम्झौता
गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका
बीच कामको बोझ बढ्नेछ ।
मीन– विभिन्न अवसर प्राप्त भए पनि अरूको
मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।
विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि
प्राप्त हुन सक्छ ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0