सर्पले टोकेमा गर्नैपर्छ यी काम…

२०७६ आश्विन ९, बिहीबार ११:१३ गते २०७६ आश्विन ९, बिहीबार ११:१३ गते २०७६ आश्विन ९, बिहीबार ११:१३ गते

काठमाडौं– सर्पले आफूलाई खतरा महसुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने गर्छ ।जब मानिसले झुक्किएर वा जानाजान सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षास्वरूप टोक्न पुग्छ । अधिकांश सर्पदंशका घटना समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा हुने गर्दछ । हेर्नुहोस जोगिने उपाय-

  • सर्पलाई जथाभावी रूपमा समात्न खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन ।
  • घरवरिपरि सर्प बस्न सक्ने सम्भावित ठाउँजस्तै दाउराको चाङ, काठ, पराल, इट्टा, ढुंगा आदि बेलाबेलामा सफा गरिराख्नुपर्छ ।
  • घरको वरिपरि दुलो छ भने त्यसलाई तुरून्त टालिहाल्नुपर्छ ।
  • साना केटाकेटीले खेल्दाखेल्दै सर्प बस्न सक्ने सम्भावित ठाउँमा हात हाल्न सक्ने भएकाले उनीहरूलाई सावधान हुन सिकाउनुपर्दछ ।
  • घरभित्र मुसा छिर्न दिनुहुँदैन ।
  • कुखुरा, हाँस, परेवाआदिको खोर पनि घरभित्र बनाउँनुहुँदैन ।

सर्पले टोकेमा-नआत्तिनुहोस्, नडराउनुहोस् र बिरामीलाई सान्त्वना दिनुहोस् ।बिरामीलाई आरामदायी र सुरक्षित तरिकाले पल्टिन लगाउनुहोस् ।कसिने गरी लगाएको लुगा वा गहना खोलिदिनुहोस् ।टोकेको हात वा खुट्टालाई हलचल हुन नदिई स्थिर राख्नुहोस्, यसका लागि स्प्लिन्ट वा स्लिङको प्र्रयोग गर्न सकिन्छ ।टोकाइको अवस्था हेरी धेरै कसिलो नहुने गरी ब्इान्डेज प्रयोग गर्नुहोस् । प्रेसर इमोबिलाइजेसन ब्यान्डेजिङ (पिआइबी) उपलब्ध नभएको अवस्थामा लोकल कम्प्रेसन प्याड इमोबिलाइजेसन (एलसीपीआई) अर्थात् कपडाको टुक्रालाई ब्यान्डेजको रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुहोस् ।

सर्पले टोकेको बेलामा के नगर्ने ?समय खेर फाल्नुहुँदैन टोकेको हात वा खुट्टा हलचल गराउनुहुँदैन, दौडनुहुँदैन ।टर्निक्वेटले कसेर बाँध्नुहुँदैन ।टोकेको ठाउँ काटुने, जलाउने र चुस्ने गर्नुहुँदैन ।टोकेको ठाउँ चिरेर रगत झार्ने गर्नुहुँदैन ।टोकेको ठाउँमा मलम वा जडीबुटी लगाउनुहुँदैन ।पोटासियम परम्याग्नेटको प्रयोग गर्नुहुँदैन ।विद्युतीय झट्का दिने काम गर्नुहुँदैन ।कुनै पनि आयुर्वेदिक वा अन्य औषधि डाक्टरको सल्लाहबिपरीत प्रयोग गर्नुहुँदैन । तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ । नयाँ पत्रिकामा खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *