चाडपर्व नजिकिँदै छ, सरकारका अनगुमनका निकायमहरुले के कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा आम चासो बढेको छ । काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताउँदै चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुपरेको बताए . दशैं तिहार र छठ पर्व जस्ता चाडमा आम उपभोक्ताहरुलाई सरकारी तर्फबाट के कस्ता राहतका कार्यक्रम ल्याएको छ भन्दै ‘नजिकिँदै गरेको चाडपर्व र बजार अनुगमनको अवस्था’ विषयक कार्यक्रमको अन्तरक्रिया कार्यक्रममा उनले भने अनुगमन सुक्ष्म रुपले हुन्छ, हुल बाँधेर जाने शैलीको अनुगमन प्रभावकारी नभएकाले आफ्नै आफ्नै शैलीमा भोलीदेखि नै एक्सनमा उत्रिन सबै सरोकारवाला निकायलाई आग्रह गरे । उनले भने, ‘चाडपर्व ढुक्क भएर मनाउने तयारी गरे हुन्छ ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्रकुमार गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । महानिर्देशक गौचनले चालु आर्थिक वर्षमा मात्र एक हजार फर्ममा अनुगमन गरेका बताउँदै त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएको जसमध्ये १६० फर्मलाई जरिवाना समेत गराएको दाबी बताए । उनले भने, ‘चाडपर्वको मौका छोपेर कुनै कालाबजारी गरे कडा कारबाही हुन्छ, कुनै पनि बहानाबाजी चल्दैन ।’ विभागले अनुगमन गर्दा व्यवसाय चौपट बनाउन लागेको भन्दै व्यवसायीहरुले आफूहरुलाई थर्काउने काम भएको उनको गुनासो थियो । यसको उदाहरण दिँदै विभागले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताए । प्रधानमन्त्री कार्यालयले विभिन्न पक्षहरुसँग समन्वय तथा सहकार्य गरेर राज्यका सरोकारवाला सबै निकायहरु संलग्न हुन आग्रह गरे । उपत्यका प्रहरी प्रमुख (डिआइजी) शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताउँदै दशैंमा घर जाने यात्रुहरुलाई शकुशल गन्तव्यसम्म पु¥याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूहरु सचेत भएको बताए । उपत्यका प्रहरी प्रमुख थापाले चाडपर्वको बेला आम नागरिकलाई सहज र सरल ढँगले जीवन बनाउन आयोजित कार्यक्रम महत्वपूर्ण भएको बताए ।
साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताए । महाप्रबन्धक राजभण्डारीले सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाए । माग भई आएका कतिपय जिल्लाहरुमा कर्पोरेशनले सुलभ मूल्यको घुम्ती सेवा जिल्ला जिल्लामा समेत पु¥याएको बताए ।karobardaily
Views: 0