तीन ठूला भ्रष्टचार काण्डमा आइजीपीको नाम मुछिएपछि बर्खास्त गर्ने तयारी गर्दै सरकार

२०७६ आश्विन १०, शुक्रबार १८:२२ गते २०७६ आश्विन १०, शुक्रबार १८:२२ गते २०७६ आश्विन १०, शुक्रबार १८:२२ गते

भ्रस्टाचारमा मुछिएका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। करोडौं रकम आर्थिक अनियमिताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीब्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो।यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ।

पछिल्लो पटक उनी तीन वटा छुट्टा छुट्टै भ्रस्टाचार प्रकरणमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी तीन प्रकरणका २ वर्षदेखिका फाइल नियन्त्रणमा लिएर अनुसन्धानलाई तीब्रता दिइरहेको छ।अख्तियारले तीब्रतापूर्वक अनुसन्धान गरिरहेका यी तीन वटै प्रकरणमा करोडौंको घोटाला भएको छ। यसको केन्द्रमा प्रहरी महानिरीक्षक खनाल छन्।(पहिलो) भीभीआइपी/भीआइपीका लागि खरिद गरेका ३० वटा एस्कर्टिङ मोटरसाइकल। (दोस्रो) बुट, सर्ट/पाइन्ट, पिक अप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार भएको अख्तियारको ठहर छ। (तेस्रो) महानिरीक्षक खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेको बुट समेत स्वीकारेका थिए।अख्तियारले तीब्रतापूर्वक अनुसन्धान गरिरहेका यी तीन वटै प्रकरणमा करोडौंको घोटाला भएको छ। यसको केन्द्रमा प्रहरी महानिरीक्षक खनाल छन्।

महानिरीक्षक खनालको प्रतिनिधमण्डल त्रिभुवन विमानस्थलमा:बिमस्टेक बैठकमा परराष्ट्र नीतिविपरित भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा समर्थन जनाएको, निर्मला प्रकरणमा सन्देहपूर्ण भूमिका निर्वाह गरेको एवं फेक इन्काउन्टर घटनाका कारण सरकारलाई आलोचनामा पारेपछि प्रधानमन्त्री ओली एवं गृहमन्त्री थापा आइजीपीसँग असन्तुष्ट थिए।

‘एकपछि अर्को प्रकरणमा मुछिँदै गएका महानिरीक्षक खनाल भ्रष्टाचार मुद्दामा अख्तियारको दायारमा परेपछि बर्खास्त गर्ने तयारी भएको छ’, गृहमन्त्री रामबहादुर थापा निकट उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण अगाडि बर्खास्त गर्ने कि पछाडि भन्ने विषयमा छलफल भइरहको छ। परिस्थिति विश्लेषण गरेर निर्णय हुनेछ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *