ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट: यस्तो सम्म गरियो

२०७६ आश्विन १२, आईतवार ०७:०२ गते २०७६ आश्विन १२, आईतवार ०७:०२ गते २०७६ आश्विन १२, आईतवार ०७:०२ गते

चितवन – चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रमका लागि गएका ज्ञानेन्द्र शाहीलाई उनीहरु बसेकाे ग्लाेबल हाेटलबाट निस्कँदै गर्दा नचिनेका मानिसहरुले कुटपिट गरेका छन् ।कुटपिटबाट सामान्य घाइते भएका अभियन्ता शाहीलाई प्रहरीले उद्धार गरी चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण काेइरालाले जानकारी दिनुभयाे ।

स्थानीय चाैबिसकाेठीमा राखिएकाे ‘नेपालका लागि नेपाली’ अभियानकाे खबरदारी सभामा सहभागी हुन अधिवक्ता सुरेन्द्र भण्डारी र शाही चितवन पुगेकाे भनिए पनि चितवन प्रहरीले भने आफूलाई यसबारेमा पूर्व जानकारी नभएकाे बताएकाे छ ।स्थानीय ग्लाेबल हाेटलबाट कार्यक्रमस्थल जाने क्रममा नचिनेका मानिसहरुकाे समूहले हातपात गरेकाे र त्यसपछि मात्र प्रहरीमा झडपका बारेमा खबर आएकाेले प्रहरी परिचालन तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएकाे प्रवक्ता काेइरालाले बताउनुभयाे।

शनिवार दिउँसो चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही कुटिएका हुन् ।भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका थिए । कुटपिटसहितको आक्रमणमा गाडीपनि क्षतिग्रस्त बनेको छ ।नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । कुटिएका शाहीलाई प्रहरीले उद्धार गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *