दुधः तातो पिउने कि चिसो ? कस्तो पिउँदा के हुन्छ फाइदा-बेफाइदा ?

२०७६ आश्विन १२, आईतवार ०७:१७ गते २०७६ आश्विन १२, आईतवार ०७:१७ गते २०७६ आश्विन १२, आईतवार ०७:१७ गते

काठमाडौं– हाम्रो घरमा बुबाआमाले हामीलाई सानोमा पक्कै पनि हरेक साँझ वा बिहान भन्नुहुन्थ्यो– दुध पिएर बल्ल अरु काम गर्नु । दुध पिउनु कतिका लागि निकै रमाइलो लाग्थ्यो होला त कतिका लागि झन्झटिलो । तर, हामी सबैलाई थाहा भएको कुरा हो, दुधमा निकै पौष्टिक हुन्छ र हाम्रो स्वास्थ्यलाई यसले निकै राम्रो गर्छ । क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फोस्फोरस तथा भिटामिन बी १२ जस्ता पोषक तत्व पाइने भएकाले दैनिक एक गिलास दुध पिउँदा निकै राम्रो हुन्छ ।

तर, दुध कस्तो पिउने– तातो वा चिसो ?कसैकसैलाई तातो दुध पिउन मन लाग्दो हो । कतिले त त्यसमा बेसार वा दालचिनी पाउडर वा घ्यु मिसाएर पनि पिउन खोज्दा हुन् । कतिलाई चाहिँ चिसो दुध मीठो लाग्दो हो ।अब बिहान पिउने हो भने चाहिँ चिसो दुध नै फाइदाजनक हुनसक्छ । राती चिसो दुध पिउने हो भने हाम्रो पाचन प्रणालीमा समस्या देखिन सक्छ । यसले हाम्रो निद्रा पनि बिथोल्ने सम्भावना रहेको हुन्छ । तर, शरीरमा पानीको मात्रा कमी भएको छ वा एसिडिटीका कारण समस्या भएको छ भने चाहिँ चिसो दुध पिउनु अत्यन्त राम्रो हुन्छ ।

त्यति मात्र होइन, चिसो दुध पिउँदा तौल घट्ने पनि विभिन्न अध्ययनले देखाएका छन् । तर, मौसम परिवर्तन हुँदै छ वा जाडोको समय हो भने चिसो दुध पिउनु हुँदैन । यसले इन्फेक्सन हुनसक्ने खतरा बढाउँछ । जाडोमा चाहिँ तातो दुध पिउँदा शरीरलाई फाइदा हुन्छ ।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *