एजेन्सी । हस्तरेखा ज्योतिषले मानिसका हातका रेखाहरु हेरेर उसको बारेमा सम्पूर्ण जानकारी पूर्ववत रुपमा लिन सक्छन्। जसले भविश्वका बारेमा निकै महत्वपूर्ण जानकारी पूर्ववत रुपमा लिन सकिन्छ ।हातमा यस्ता रेखाहरु हुन्छन् जसले जीवनमा पैसाको प्रभाव, मान सम्मानका बारेमा बताउँछन। यदि कुनै व्यक्तिको हातमा यो रेखा कतैपछि नछुट्टिकन गएको छ भने उसको जीवनमा निकै धनको वर्षा हुने गर्दछ।हत्केलामा सूर्य रेखा देखिनु शुभ मानिन्छ । जुन व्यक्तिको हातमा यो रेखा छ त्यो रेखा दोष रहित हो । जुन रेखाले जीवनमा अति नै मान सम्मान मिल्ने बताउन्छ।
जुन व्यक्तिको हातमा यो रेखा छ उसलाई समाजमा मान सम्मान र आर्थिक उन्नती हुन्छ।यो रेखामा स्वस्तिकको निशान छ भने अझ शुभ मानिन्छ । यस्ता व्यक्तिको जीवनमा सुखको कमि हुँदैन।यो रेखा लामो र क्लियर छ तर यहाँ अण्डाकार चिन्ह बनेको छ भने यसलाई अशुभ मानिन्छ।यस रेखालाई अन्य रेखाले काटेको छ भने पैसाको कमी हुने छ ।सूर्य रेखा कुनै ततंगको आकार जस्तो छ भने यो पनि शुभ मानिँदैन। यस्ता व्यक्ति चुलबुले पाराका हुन्छन् जो स्थिर भएर बस्न सक्दैनन्।सूर्य रेखामा गुणन जस्तो आकार छ भने जीवनमा दुख पर्दछ ।
यसले मनोबल कमजोर गराउँछ।यदि हातमा समानान्तर सूर्य रेखा छन् भने ज्योतिष शास्त्रका अनुसार निकै शुभ मानिन्छ। यसको प्रभावले धन, मान सम्मान र प्रसिद्धि प्राप्त हुन्छ।यदि सूर्य पर्वत यस रेखाको एक छेउ बुडी औँलाको नजिक र अर्को छेउ कान्छी औँलाको नजिक पूगेको छ भने यस्ता मानिसमा दिमाग तेजिलो हुन्छ । भने बोल्ने कलामा कसैले जित्न सक्दैनन्।सूर्य रेखा रिँग फिगरको तल रहेको छ । यो सूर्य पर्वत हो। यहाँ रहने रेखालाई सूर्य रेखा भनिन्छ । यो रेखा सूर्य पर्वतबाट हत्केलाको तल्लो भागमा जाने गर्दछ।
यो पनि हेर्नुहोस :राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0