बिगत १५ सय वर्षदेखि भीरमा झुण्डिएको एक चिनिया बौद्ध मन्दिर ।।।

२०७६ आश्विन १८, शनिबार ०८:५३ गते २०७६ आश्विन १८, शनिबार ०८:५३ गते २०७६ आश्विन १८, शनिबार ०८:५३ गते

काठमाडौं – १५ सय वर्षदेखि भीरमा झुण्डिएको एक चिनिया बौद्ध मन्दिर करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ ।

मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् । विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो अति बलियो रहेको जानकारहरु बताउँछन । हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ ।

यो पनि पढ्नुहोस्
बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध धर्म शायद आजको स्थानसम्म आइपुग्दैनथ्यो होला । धेरैलाई थाहा नहोला– कपिलवस्तुका पाँच ब्राह्मण नै बुद्ध धर्मका प्रथम भिक्षुहरू थिए ।

कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए । असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए । ऋषिलाई ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बालकलाई उल्टै ऋषिले ढोगे । बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि रोए । हाँस्नुको कारण थियो– पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ । ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन । असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए । पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो । बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष ब्राह्मणहरू भेला भएका थिए । तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे । तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए । गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै । राजकुमार सिद्धार्थले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए । राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे ।

बुद्ध धर्मको प्रवर्धन गरेर नेपाललाई विश्वका शान्तिपे्रमीहरूको गन्तव्यस्थल बनाउन यो देशका बाहुन, क्षत्री, दलित, जनजाति, मधेशी सबैले मुदिता चित्तले श्रद्धापूर्वक योगदान दिनुपर्छ ।

सिद्धार्थले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गर्दा ती पाँच ब्राह्मण सारनाथमा बसेका थिए । बुद्धले तिनैलाई पहिलो उपदेश दिएकाले उनीहरू नै बुद्धधर्मका प्रथम भिक्षुहरू हुन् । बुद्ध धर्मका प्रथम दुई सूत्र धर्मचक्रप्रवर्तन र अनात्मलक्षण तीनै पाँच ब्राह्मणलाई देशना गर्दा स्थापित भएका हुन् । धर्मचक्रप्रवर्तन सूत्रको उपदेशको आधारमा नै बुद्ध धर्मलाई चार आर्य सत्य र आठ आर्य मार्ग निर्दिष्ट गरिएको मध्यम मार्ग भनिएको हो । अनात्मलक्षण सूत्रको आधारमा बुद्ध धर्मले ईश्वरवादी आत्मा र नित्यता मान्दैन भनेको हो । बुद्धले देह त्याग्नुअघि भने अनुसार बुद्ध धर्मावलम्बीले दर्शन गर्न योग्य चार तीर्थस्थलमा बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, महापरिनिर्वाण भएको कुशीनगर र पाँच ब्राह्मणलाई पहिलो धर्म देशना गरेको सारनाथ हुन् ।

सिद्धार्थ गौतम बुद्ध बन्ने भविष्यवाणी गर्ने र गृहत्यागपछि साथ लागेर प्रेरणा दिनुबाटै बुद्धको प्रादुर्भाव र विस्तारमा ब्राह्मणहरूको देन स्पष्ट हुन्छ । बुद्ध जन्माउने महान् कार्यमा समाहित प्रथम भिक्षु पाँचै ब्राह्मण कपिलवस्तु अर्थात् आजको नेपालकै थिए । वर्तमान नेपालका ब्राह्मणहरूले यो तथ्यलाई मनन् गर्दै गर्व र जिम्मेवारी ग्रहण गर्नुपर्छ ।

संघ निर्माणमा ब्राह्मण: वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको दुई महिनापछि आषाढ पूर्णिमामा बनारस सारनाथ पुगेका बुद्धले पाँच ब्राह्मणहरूलाई भिक्षु बनाएर संघ निर्माण थालेका थिए । सारनाथको त्यही बसाइमा बुद्धले एक जना महाजनका छोरा यशकुमारसहित ५५ जनालाई पनि भिक्षु बनाए । ती भिक्षुलाई बुद्धले ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजनसुखाय लोकानुकम्पाय’ भन्ने वाक्य उद्घोष गरी धर्म प्रचारमा पठाए । त्यसपछि सरासर गया गएका बुद्ध प्रख्यात तीन भाइ जटाधारी ब्राह्मणहरू उरुबेल काश्यप, नदी काश्यप र गया काश्यपसहित १००० शिष्यका साथ बसे । बुद्धले तिनलाई प्रज्ञासँगै हजारौं ऋद्धि (अलौकिक शक्ति) देखाउँदै धर्म देशना गरी प्रदीक्षित बौद्ध भिक्षु बनाए । यसरी शुरुमै १००० ब्राह्मण भिक्षु बनेकाले बुद्ध धर्मको प्रवाह सशक्त हुनपुग्यो ।

राजगृह नगर -तत्कालीन मगधको राजधानी)मा एक दिन कपिलवस्तुका प्रथम पाँच भिक्षुमध्ये सबैभन्दा कान्छो अस्सजि भिक्षाटनमा गएको देख्दा प्रभावित भएका उपतिस्स ब्राह्मण र कोलित ब्राह्मण परिव्राजक (साधु) पनि बुद्धकहाँ गएर सारीपुत्र र मौदगल्याण नामका भिक्षु बने । धनी र प्रख्यात परिवारका होनहार सारीपुत्र र मौदगल्याण बुद्ध धर्ममा दीक्षित भएपछि बुद्धका अग्रश्रावक (अग्रपङ्तिका भिक्षु) बने । मौदगल्याण ऋद्धि (अलौकिकता) र सारीपुत्र प्रज्ञा (ज्ञान)तर्फका अग्रश्रावक भिक्षुका रूपमा प्रतिष्ठित भए । बुद्ध बिहारहरूमा बुद्धको प्रतिमाको दायाँ बायाँ उभिएका दुई भिक्षु मूर्तिहरू उनीहरूकै हुन् ।

सारीपुत्र र मौदगल्याणपछि बुद्ध जत्तिकै मर्यादा प्राप्त भिक्षु महाकाश्यप पनि धेरै धनी ब्राह्मण परिवारका थिए । धुताङ्गधारीहरूमा श्रेष्ठ महाकाश्यप बुद्ध जस्तै रुप र तेज भएकाले कतिपय मानिस झुक्किन्थे पनि । एकपटक बुद्धले महाकाश्यपसँग चीवर (बस्त्र) साटेका थिए । बुद्धको महापरिनिर्वाण हुँदा महाकाश्यपले नै दागबत्ती दिएका थिए । महाकाश्यप बुद्धका उत्तराधिकारी जस्तै थिए । बुद्धको परिनिर्वाण भएको दुई महिनापछि राजगिरको सप्तपर्णि गुफामा मगध नरेश अजातशत्रुको संरक्षकत्वमा भएको शीर्षस्थ ५०० अरहत (मोक्षप्राप्त) भिक्षु सहभागी प्रथम धर्मसंगायना (धर्मसभा)को अध्यक्षता महाकाश्यपले गरेका थिए ।

वृश्चिक, मिथुन, धनु र कन्या राशि हुनेले नछुटाइ पढ्नुहोस् । राशिको स्वभावका आधारमा प्रेम सम्बन्ध
राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।

तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।
मिथुन राशि
मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ ।

जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।

धनु राशि
धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।

जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

कन्या राशि
जुन मानिसको राशि कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशिका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ ।

मेष, सिंह र धनु राशिका मानिसका साथ कन्या राशिका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

वृश्चिक राशि
जुन मानिसको राशि वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ ।

मिथुन, तुला या कुम्भ राशिका मानिसका साथ कन्या राशिका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशिका मानिसका लागि मेष, सिंह या धनु राशिसँगको मित्रता राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *