लुम्बिनी १८ असोज २०७६, लुम्बिनी विकास मञ्चद्वारा आयोजित बडा दशैं,तिहार,छठ तथा नेपाल सम्बतको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम लुम्बिनीमा सम्पन्न भएको छ। लुम्बिनीको होटल ग्राण्ड कास्सोमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा राष्ट्रिय सभा सदस्य माननीय श्री खिमलाल भट्टराई ज्युले यस संस्थाले आफ्नो स्थापनाको सुरुवाती चरण देखि नै लुम्बिनी क्षेत्रको समग्र विकासमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पर्ने खालका कार्यहरु सम्पादन गर्दै आईरहेको र लुम्बिनी वरपर रहेका विकृती र विसङ्गतीहरुलाई न्यूनीकरण तथा उन्मुलन गर्नको निम्ति सक्रियताका अगाडी बढ्दै जान शुभकामना दिनुभएको छ।
शुभकामना मन्तब्यकै क्रममा श्रदेय भिक्षु सागर धम्म ज्युले लुम्बिनीका हरेक नागरिकले लुम्बिनीको विकासमा आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिदै,एक अर्काले एक अर्काको भाषा,धर्म,सँस्कृती,भेषभुषा र परम्पराको सम्मान गरि सामाजिक,धार्मिक र साँस्कृतिक सद्भावलाई कायम राखेमा पुर्ण शान्तिको आभास गर्न सकिने र यो कुरालाई आफ्नो उदेश्य बनाई विश्व शान्तिको आह्वान गर्दै लुम्बिनी विकास मञ्चलाई अगाडि बढ्न शुभकामना दिनुभएको छ।शुभकामना मन्तव्यलाई जोड्दै लुम्बिनी क्षेत्रमामा लामो समय देखि सामाजिक अभियानहरु सञ्चालन गर्दै आउनु भएका युवा समाजसेवी हजरत बेलाल राजु ज्युले जसरी लुम्बिनी विकास मञ्च आफ्नो स्थापना कालदेखि नै निकै उत्साह र सक्रियताका साथ अगाडि बढिरहेको छ यसरीनै निरन्तर रुपमा अगाडि बढ्दै जाओस् भनी शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा लुम्बिनी वरपरका युवाहरु,समाजसेवीहरु र पर्यटन व्यवसायीहरुको उपस्थित रहेको थियो।कार्यक्रममा उपस्थित सबैले एक अर्कामा शुख, शान्ति,समृद्धि एवम् सुस्वास्थ्यको कामना सहित शुभकामना आदानप्रदान गरेका थिए।उक्त कार्यक्रम लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ता को सभापतित्व,राष्ट्रिय सभा सदस्य माननीय खिमलाल भट्टराईको प्रमुख आतिथ्यता,श्रदेय भिक्षु सागर धम्मको बिशिष्ट आतिथ्यता र मञ्चका सचिव सुवास पुनको सञ्चालनमा सम्पन्न भएको थियो । तस्बिर-
Views: 0