१८ असोज २०७६, तिलोत्तमा ८, मणिग्राम ४ नं, शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारि पराजुली तथा श्रीमती गीता पराजुलीले आफ्नी छोरी अस्मिता पराजुलीको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा संसद्का सांसद् सोमप्रसाद पाण्डेय तथा श्रीमती स्व. रुक्मिणी पाण्डेयका पुत्र अचलराज पाण्डेयकाबीच सुसम्पन्न बिहे समारोहमा दाइजोरहित बिहे कार्यक्रममा कविता र पुस्तक दाइजो दिएका हुन् ।
उक्त विवाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो नदिई वधूका पिताले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी आफ्नो लिखित पुस्तक उपहार दिएका थिए ।
सम्धीहरुलाई टीका, एकएक वटा गुलाफका पूलसहित दोसल्ला ओढाएर तथा जन्तीहरुलाई टीका र पूलसमर्पण गरेर विदाइ गरिएको थियो ।
सो वैवाहिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नं. प्रदेशका विभिन्न मन्त्री, सांसद् तथा साहित्यकारहरुको विशेष उपस्थिति
रहेको थियो ।
Views: 0