मासु खाँदा ख्याल राख्नैपर्ने यी ७ कुराहरु पढेर शेयर गर्नुहोस् ।।।

२०७६ आश्विन १८, शनिबार २३:१५ गते २०७६ आश्विन १८, शनिबार २३:१५ गते २०७६ आश्विन १८, शनिबार २३:१५ गते

काठमाडौं । नेपाली हरुको महान् चाड दशैँ दिनप्रतिदिन नजिकिँदै छ । बिशेषगरी दशैंमा मासुसहितका मिष्ठान्न परिकार खाने चलन छ । पछिल्लो समय पकाउनेदेखि खाने शैलीमा भिन्नता देख्न पाइन्छ ।

तर, दशैंसँग जोडिएका केही कुरा अझै यथावत् छन् । अरु, समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरु पनि यो समयमा निश्क्रिय बस्छन् ।

दशैंमा अन्य समय भन्दा बढी मासुसहित चिल्लो–पिरो खाने आमचलन छ । यस्तै धेरैको प्राथामिकतामा मदिरा पर्छ । तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कमैले मात्र ध्यान दिन्छन् ।

खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन् । त्यसैलाई न्युनिकरण गर्न ध्यान दिनुपर्ने कुराहरुः

१. रातो हैन सेतो मासु खानुस्
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछामासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ ।

रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ। यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ। यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको मासुलाई जनाउँछ ।

२. छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ ।

३. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दसैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन।

४. मसलाको प्रयोग कम गर्नुस्
दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ। चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।

५. धुम्रपान र मद्यपान नगर्नुस्
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ। मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ।

६. फुड प्वाइजनबाट जोगिनुस्
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ ।

खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन्। चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ। तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्छ।

७. शाकाहारीमा जोड दिनुस्, व्यायाम गर्नुस्
दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ। काम कम, माम धेरै गर्नुहुँदैन। शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ। तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *