आजको राशिफल आज मिति २०७६ साल असोज २० गते। तदनुसार ०७ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,सरद ऋतु,नेपाल संवत् ११३९ ञलगा,आश्विन नवमी
मेष– पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
वृष– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
मिथुन– नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला ।
कर्कट– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसंग सामान्य झगडा पनि हुन सक्छ ।
सिंह– कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।
कन्या– तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ।
तुला– हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।
वृश्चिक– नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ।
धनु– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मकर– आर्थिक पक्ष सुदृढ बन्नेछ न्यायिक,कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कुम्भ– पारिवारिक सहयोग प्राप्त हुनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ।
मीन– कल्पना र भावनामा केन्दित भइने छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0