आज शनिबारको राशिफल हेर्नुहोस् ।।।

२०७६ आश्विन २५, शनिबार ०१:०० गते २०७६ आश्विन २५, शनिबार ०१:०० गते २०७६ आश्विन २५, शनिबार ०१:०० गते

आज मिति २०७६ साल असोज २५ गते । तदनुसार १२सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,सरद ऋतु,नेपाल संवत् ११३९ ञलगा,आश्विन चतुर्दशी

मेष– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर,धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ। भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ,सचेत रहनुहोला।

वृष– सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,सचेत रहनुहोस्।

मिथुन– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ।

कर्कट– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

सिंह– काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम,इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या– विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

तुला– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

वृश्चिक– रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। आर्थिक अभावले भने अलि सताउनेछ।

धनु– आर्थिक उपार्जनमा सुधार आउनेछ। परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन,मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ।

मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला।

कुम्भ– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।

मीन– काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्। युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *